विराटनगर – कोशी अञ्चल अस्पतालको एनआइसियु तथा प्रसुति कक्ष न्यानो बनाउनका लागि विराटनगर महानगरपालिकाले वातानुकुलित उपकरण एसी प्रदान गराएको छ।
महानगरका प्रमुख भीम पराजुलीले मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच एनआएसियु वार्डका लागि ५ थान एसी प्रदान गरेका हुन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले अनुसार, एनआइसियु बच्चा वार्ड र प्रसुति गराउने कक्षमा न्यानो र चिसोका लागि सो एसी जडान गरिने छ।
चिसो मौषम बढेसँगै प्रसुति गराउने कक्षमा महिलाहरुलाई असहज हुने जानकारी पाएसँगै महानगरले एसीको व्यवस्था गरेको महानगर प्रमुख पराजुलीले बताए।
कार्यक्रममा पराजुलीले अझ थप दुइवटा एसी महानगरले उपलब्ध गराउने प्रतिवद्धता जनाए। अस्ताल परिसरमा ढल ब्यवस्थापनका लागि महानगरपालिले १० लाख रुपैयाँ विनियोजन गरेको प्रमुख पराजुलीले बताएका छन्।उनले आगामी दिनमा पनि अस्पताललाई सहयोग गदै जाने प्रतिवद्धता समेत जनाएकाछन् ।