भोला श्रेष्ठ
धरान÷सांगितिक क्षेत्रको उर्वरभूमि मानिने धरानमा डेढ दशकपछि नेपथ्य व्याण्डले धरानमा आफ्नो प्रस्तुति पस्कने भएको छ ।
धरान–१८ वुद्धचोक स्थित एम सि क्याफे र वीपीकेआइएजएस स्थित परिक्रमको संयुक्त आयोजनामा सो प्रस्तुति पस्कन लागिएको हो ।
सास्कृतिक क्षेत्रमा छुट्टै पहिचान वनाएको नेपथ्यले सास्कृतिक क्षेत्र मार्फत सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको छ ।
शान्ति संगित यात्रा गदै देशव्यपाी कार्यक्रम गदै शुन्दर शान्त नेपाल यात्रा लगायतका कार्यक्रमबाट देशव्यापी प्रभाव वनाउदै आएको छ । नेपथ्यले धरानमा यस अघि पनि कार्यक्रम आयोजना गरेको थियो ।
मंसिर ७ गते धरान–१६ स्थित स्टुडियममा आयोजना गरीने सो कन्सर्टमा ७ हजार देखि १० हजार सम्म दर्शकलाई उपस्थिति गराउने लक्ष्य रहेको आयोजक मध्येका एमसि क्याफेका सञ्चालक पूर्ण राईले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा ८५ प्रतिशत तयारी पुरा भईसकेको छ ।कार्यक्रममा ४५ लाख खर्च लाग्ने अनुमान गरीएको छ ।
कार्यक्रमबाट खर्च कटाएर वचेको रकमबाट स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने लक्ष्य रहेको राईको भनाइ रहेको छ । उनले भने–हामीले नाफाका लागि भन्दा पनि सांगितिक क्षेत्रबाट सामाजिक कार्य गरौ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हौं ।