धरान÷ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोलोजी विभागका डा अरुण गुप्ताले नेपालमै पहिलो विद्यावारीधि गरेर प्रष्ठिानको उचाइ वढाएकाछन् ।
पछिल्लो समय पदाधिकारीहरुवीच रहेको आन्तरीक द्धन्द्ध र विभिन्न कारणले वदनाम वन्दै गएको प्रतिषठनलाई उनको विद्यावारीधिले सान्तवना मिलेको छ ।
विश्वकै उत्कृष्ट विश्वविद्याालयको रुपमा रहेको सिओल नेशनल युनिभर्सिटी, कोरियाबाट न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विषयमा गुप्ताले विद्यावारीधि गरी नेपालकै पहिलो वनेकाहुन ।
सो विषयमा विद्यावारिधि गर्ने नेपाल मै पहिलो व्यक्ति भएका छन् । उनले बताए महत्वपूर्ण विषयमा पिएचडी गर्ने पहिलो नेपाली हुन पाएकोमा आफुलाई निक्कै गर्व लागेको उनको भनाई रहेको छ ।
उनले विद्यावारिधी गरेपछि विदेशमा प्रसस्त अवसर आएको र कोरियामा वस्ने नेपालीहरुले कोरीया नै वस्न सुझाव दिएपनि आफ्नो देश र प्रतिष्ठानको सेवा गर्ने सपना र उद्देश्यका साथ आफु प्रतिष्ठानमा काम गर्न आएको उनले भनाई रहेको छ ।
देश र प्रतिष्ठानको सेवा गर्ने तिव्र जोश र जागरका साथ प्रतिष्ठानमा आएको वताए । विशेषज्ञ शिक्षा हासिल गरेका दक्ष जनशक्तिलाई प्रतिष्ठानले पाउनु गर्व र खुशीको कुरा भएकाले व्यवस्थापनले स–सम्मान काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङको भनाइ रहेको छ ।
प्रतिष्ठानका यस्ता थुप्रै दक्ष जनशक्ति उत्पादन भएता पनि त्यसलाई प्रष्ठिानले उपयोग गर्न सकेको छैन् । यस अघि पनि न्युरो सर्जन वाइ वि रोक्का लाई रोक्न नसक्दा हाल उनी न्युरो हस्पिटल विराटनगरमा कार्यरत छन् ।यस्ता दक्षजनशक्तिलाई उचित व्यवस्थापन गर्नु सकेको प्रतिष्ठानको सेवा र उचाई माथि हुनेछ ।