धरान / सुनसरीलाई १ नं‍. प्रदेशको राजधानी बनाउने जिम्मेवारी सुनसरीका माननीय वाणिज्य मन्त्री मिन विश्वकर्मा, माननीय अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माननीय उपप्रधान तथा स्थानिय विकास मन्त्री विजय कुमार गच्छादारलाई सुनसरीलाई राजधानी बनाउने विषयमा मन्त्रिपरिषदमा कुरा उठाउन स्थानीयले दवाव दिएका छन् ।
आज हुने मन्त्रि परिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोक्दैछ । सुनसरीबाट शक्तिशाली मन्त्रिहरु भएकाले स्थानीयको माग पुरा गर्न उनीहरुलाई दवाव समेत परेको छ । अर्थ मन्त्रिको निर्वाचन क्षेत्र सनुसरी–४ रहेको छ । उपप्रधानमन्त्रि तथा स्थानीय विकास मन्त्रि गछ्यादारको क्षेत्र ३ नं. हो भने मीन विश्वकर्माको भूगोल १ नं. पर्छ ।
'यहाँहरुको जिल्ला सुनसरीलाई राजधानी बनाउनको लागी आगामी मन्त्रीपरिषद वैठक निर्णाक हुदैछ । सुनसरीलाई अन्तरिम राजधानी बनाउने यस ऐतिहासिक कार्यमा सुनसरी वासी यहाहरुको विषेश पहलको विषेश आशा गर्दछौ ।’–माओवादी केन्द्रका केन्द्रीय सदस्य चोत्लुङले भने– 'अन्तरिम राजधानी सहितको समृद्ध सुनसरी बनाउन सकिएमा तपाईहरुको योगदानको सुनसरीवासीले सधै मुल्यांकन गरी रहनेछन् ।'
सुनसरीवासीले दुई मन्त्रिहरु कार्की र गछ्यदारलाई गत मङ्सिर २१ गतेको निर्वाचनमा प्रतिनीधि सभा सदस्यमासमेत जिताएर पठाएका छन् । सुनसरीवासीको मागलाई मध्यनगर गर्दै सुनसरीको हितमा कुरा उठाई राजधानी सुनसरीलाई तोक्न स्थानीयले खवरदारी गरेका छन् । इटहरी, धरान तथा प्रसस्त सरकारी जग्गा भएको एतिहासिक धार्मिक पर्यटकीय क्षेत्र बराह क्षेत्र चतरा करिडोरलाई राजधानी बनाउन उपयुक्त हुने भन्दै स्थानीयले आधारसहित दवावमुलक कार्यक्रमसमेत गर्दे आएका छन् । राजधानी बन्न उपयुक्त हुने आधारहरु स्थानीयले यस अघि नै सरकारलाई बुझाइृसमेत सकेका छन् ।