धरान  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस भएको छ।  उपकुलपतिका लागि छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिको आधारमा उत्कृष्ट ३ जनाको नाम सिफारिस गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा गठित समितिले छनोटमा परेका ६ जनासँग आइतबार उनीहरुको प्रस्तुतस् मुल्याङ्कन गरेको थियो ।  विभिन्न १० जना विज्ञहरु समक्ष राम्रो कार्यपत्र प्रस्तुत गर्न सफल भएका ३ जनालाई उपकुलपतिका लागि सिफारिस गर्ने निर्णय भएको समितिले जनाएको छ । एक नम्बरमा डा डिएन शाह, दुई नम्बरमा डा ढुण्डी पौडेल र तीन नम्बरमा डा अजित रायमाझिको नाम सिफारिस भएको छ ।
छनोट समितिले सिफारिस गरेको तीन जना नाममध्ये डा ढुण्डी पौडेल न्याम्स अन्तर्गत कार्यरत छन्। डा डिएन शाह हाल ग्रान्डी अस्पतालमा कार्यरत छन भने डा अजित रायमाझी कान्ति बाल अस्पतालमा कार्यरत छन् ।

समितिले उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये ६ जनालाई प्रारम्भिक रुपमा छनोट गरेको थियो। ६ जनामा अहिले सिफारिस भएका ३ सहित डा विधाननिधी पौडेल, डा विश्वनाथ(विएन) यादव र डा गेहनाथ बराल थिए । विएन विपी प्रतिष्ठान धरानका हुन । मन्त्रालयले गत २९ गते उपकुलपतिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको थियो।

समितिले छनोट गरेका नामका आधारमा प्रतिष्ठानको सहकुलपति समेत रहेका मन्त्री यादवले उपकुलपति नियुक्तीका लागि कुलपति तथा प्रधानमन्त्रीलाई नाम सिफारिस गर्ने छ ।
उपकुलपतिका लागि प्रतिस्पर्धा गर्ने अन्य डाक्टरहरु, प्र।डा सिताराम चौधरी, प्राडा गणेशबहादुर गुरुङ्ग, प्राडा स्वयं प्रकाश पण्डित, प्राडा अनिल कुमार मिश्र, डा पियुष दाहाल, प्राडा श्रीकृष्ण गिरी, प्राडा बुलन्द थापा, प्राडा गेहनाथ बराल, डा राम परिक्षण यादव, प्राडा किरण मानन्धर, प्राडा विधाननिधि पौडेल, प्राडा रमिला श्रेष्ठ, प्रा डा विजय कुमार शर्मा,प्राडा यहुनचन्द्र शिवाकोटी, डा विश्वनाथ यादव, डा देवनारायण शाह, प्राडा ढुण्डिराज पौडेल, प्रा डा अजित रायमाझी, प्रा।डा जागेश्वर गौतम, प्राडा रेवती रमण मल्ल, डा पुकार चन्द्र श्रेष्ठ, डा भोलाराम श्रेष्ठ रहेका थिए ।