मोरङ/ मोरङ क्षेत्र ३ का प्रतिनिध सभा सदस्य भानुभक्त ढकालले आफुलाइ भोट नदिएको ब्याक्तीलाइ पनि पाच  बर्ष  कार्यकालको सेबाबाट  भोट किन  दिएन छु भन्ने गरि काम गर्ने बताएका छन् ।

आइतबार मोरङ सुन्दरहरैचा ८ सलकपुरमा रहेको शिक्षा निकेतन माध्यामिक बिद्यालयको ३० औ बार्षिक  उत्सव कार्यक्रमका प्रमुख अतिथिका रूपमामा बोल्दै ढकालले  चुनाबभन्दा अगाडिजे प्रतिबद्धता ब्याक्त गरेको थिए त्यो खोक्रो आश्वासन नभइ ती कुराहरू पूरा गर्न मत मागिएको बताए  । 
निर्बाचित भएपछिको   पहिलो सार्बजनिक  कार्यक्रम  भएको बताउदै ढकालले मुलुकको लागी काङ्ग्रेसलगायत अन्यदलहरुले  घोषणापत्रमा  मुलुकका लागि राम्रो कुराहरू छ्न ती कुराहरूलाई पुरा गर्नका लागि जनप्रतिनिधिको  जिम्मेवार पाएकोहुदा अाफु त्याे पुरा गर्न लागेकाे बताए ।   चुनाव अघि घोषणा गरेको जेष्ठ नागरिक भत्ता वृद्धि ,सुकुम्बासी समस्या समाधान प्रतिष्ठनन निर्माण ,   लठालिङ अबस्थामा रहेको पुर्बान्चल बिश्वबिध्यालयलाई पुर्णरुपले सन्चालन गरिने बताए । सरकरिी बिद्यालयहरु लाई स्तर वृद्धिको कार्यक्रम ल्याउने उनले  बताए ।
कार्यक्रममा प्रदेश सभासदस्य राजकुमार ओझाले शिक्षामा राज्यको लगानी बढाउनु पर्ने कुरा बताए । कार्याक्रममा २० जना चन्दा दाता , ३ जना पुर्ब शिक्षकहरु दुई कार्यकाल बिधालय ब्याबस्थापन समिती अध्यक्ष भइ बिद्यालयको राम्रो काम गरे बापत जङबहादुर भट्टराई र उत्कृष्ट शिक्षकमा घनश्याम ढकाललाई सम्मान गरिएको थियो । कार्यक्रममा पुर्ब बिद्यार्थी ,विभिन्न सङ सस्था को १ दर्जन भन्दा बढी ब्याक्तिहरुले शुभकामना ब्याक्त गरेका थिए ।  ब्याबस्थापन समिती अध्यक्ष कृष्ण रिजालको अध्यक्ष ता भएको  कार्यक्रममा  बिद्यार्थीहरुल्ले नृत्य तथा  नाट्क प्रर्स्तुत गरेका थिए ।