देशमा भरखरै निर्वाचन भएको छ । निर्वाचनमा भोट हालेपछि निबेक गरेर गुजारा चलाउन विदेश जाने जनतालाई भने हतारो छ । नेपालका सीमा नाकाहरुमा अहिले गुजाराका लागि भारत जानेहरूको लर्को लागेको छ ।
काँकारभिट्टा र जोगमनी नाकामा भारत पस्नेहरूजस्तै देशका अरू नाकामा पनि पनि रोजगारीको खोजीमा विदेश जानेको लाम लागेकै हुनुपर्छ । परिवारको जीवन स्तरमा सुधारका लागि अवसर खोज्दै उनीहरू विदेश लागेका हुन् । विडम्बना, यिनका नाममा भोट माग्नेहरू तिनको हित भने अर्को चुनाव आउने बेलामा मात्र सम्झने छन् । यो नियती जनताले कतिञ्जेल भोग्नु पर्ने हो, कसैलाई थाहा छैन् ।
सरकारले सामान्य परिवारका व्यक्तिका लागि साना परियोजना सञ्चालन गर्न सकेको छैन् । आयआर्जनका लागि रोजगारमुलक कार्यक्रम सञ्चालन गर्न सके  भारतमा गुलाम गर्न जाने नेपाली युवा स्वदेशमै आफ्ना परिवारसँग बसेर जीवन गुर्जान सक्छन् ।
विदेश जाने कामदार नेपालमै रोकिने अवसर बढाउन अवको नयाँ सरकारले दिर्घकालिन योजना ल्याउनु पर्दछ । देशमा राजगारीको अवसर बढाउने हो भने विदेशीनेक्रम आफै घट्ने छ । ठूला योजना हैन ससाना योजनाहरू धेरै निर्माण गर्न सके नेपाली युवाले घरको खेती हेरेरै नेपालमै काम पाउनेछन् । यसका लागि नयाँ नेतृत्वले विदेश कार्यक्रम ल्याउनु पर्दछ ।