धरान  / विग इभेन्ट नेपालको आयोजनामा हुन लागेको मिस प्लस टु २०१८ सिजन टु मा छनौट भएकाहरुको अविभावकसँग आयोजकले छलफल गरेको छ ।  कार्यक्रममा छनौट भएका विद्यार्थीहरु र उनीहरुको अविभावकको उपस्थितिमा मिस प्लस टु सिजन टुको विषयमा जानकारी गराएका थिए । साथै सहभागी तथा अविभावकहरुको जिज्ञासावारे पनि प्रष्ट पारेका थिए । मिस प्लस टु सिजन टुमा छनौट भएकाहरुलाई भाद्र १५ गतेदखि वन्द प्रशिक्षणमा राखिने अयोजक विग इभेन्ट नेपालका अध्यक्ष सन्तोष राइले जानकारी दिए । छनौट भएकाहरुको प्रशिक्षण उद्घाटन आजैदेखि सुरु भएको पनि उनले जानकारी गराए । कार्यक्रममा मिस प्लस टु दोस्रो सिजनका प्रचार प्रमुख विकास चाम्लिङ राईले वन्द प्रशिक्षणको विषयमा प्रकास पारेका थिए ।
विद्यार्थीमा भएको क्षमता अभिवृद्धि, पहिचान र अवसर प्रदान गर्नको लागि आयोजित मिस प्लस टु प्रतियोगिताको वन्द प्रशिक्षणमा छनौट भएकाहरुलाई महिला शसक्तिकरण तथा महिला अधिकार कक्षा, उद्घोषकला तालिम, प्रभावकारी भाषण कला तालिम, व्यक्तित्व विकास तालिम, महिला स्वस्थ्य, समस्या र समाधान कक्षा, आधारभूत पत्रकारिता र पर्यटन पर्वद्धन कक्षा, टेवल शिष्टाचार, र्याम्प वक कक्षा, सौन्दर्य कला तालिम, नृत्यकला तालिम लगायत विषयमा सम्वन्धीत विज्ञहरु वाट करिव तीन हप्ता प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
मिस प्लस टु दोस्रो सिजनका लागि धरानका सिओन स्कुल, डिपो स्कुल, धरान उच्च, धरान आर्दश, सगरमाथा एसडि कलेज, एम्स एकेडेमि, नेसनल एकेडेमिलगायत वाट २९ जना विद्यार्थीहरुले प्रतिश्पर्धा गर्दैछन । विजेताले पुरस्कार स्वरुप नगद ४५ हजार रुपैया, फस्ट रनरअपले २५ हजार रुपैया र सेकेन्ड रनरअपले १५ हजार रुपैया र क्रमशः तीनै जना विजेता तथा उपविजेताले ट्रफि, क्राउन, गिप्ट ह्याम्पर र निशुल्क छात्रावुत्ति प्राप्त गर्नेछ । त्यस्तै गरि व्यक्तिगत टाइटल उपाधिमा सिओन मिस ट्यालेन्ट, वुढासुव्वा डेन्टल मिस व्युटिफुल, नेसनल मिस फ्रेन्डशीप, सगरमाथा मिस वेस्ट वक, पिपलसप मिस एक्टिभ, मिस पर्सनालिटी, मिस वेस्ट डे«स, मिस फोटोजेनिक र मिस डिसिप्लीन उपाधि रहेको छ । टाइटल उपाधि विजेताहरुलाई ट्रफि र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
सहभागि प्रतिश्पर्धिहरुलाई विग इभेन्ट नेपालका डाइरेक्टर डिजे ललित राईले कोरियोग्राफि गर्नेछन । भेटघाट कार्यक्रममा मिस प्लस टु पहिलो सिजनका विजेता सिमरन तुलाधर, फस्ट रनरअप विलम राई, सिओन स्कुलका प्रिन्सिपल संजिव राई, युवा महिला व्यवसायी तथा वुमन वर्थ ग्रुपका सदस्य रोजि ताम्रकार, विग इभेन्ट नेपालका डाइरेक्ट प्रेमराज शाक्य लगायतको उपस्थिती रहेको थियो । धरान फिटनेस क्लवको शाखा कार्यलय अमान वजारमा तिन हप्ता वन्द प्रशिक्षण पछि दोस्रो सिजनको ग्रान्ड फिनाले असोज १३ गते धरान ८ स्थित सभागृहमा हुनेछ ।
तस्विरः शिसिर राई

IMG_9502