• डा. अमिर बज्राचार्य

महिलामा जसरी स्तनको वृद्धि विकास जन्म पश्चात युवा आवस्थादेखि प्रौढसम्म देखिन्छ । त्यसरी नै पुरुषमा पनि जन्म पश्चात स्तनका अवशेष रहेको देखिन्छ । तर, सामान्यतया पुरुष स्तनको वृद्धि विकास हुँदैन। 
गाइनेकोमस्टिया भनेको पुरुष स्तन वढ्दै जाने समस्या हो। जसमा कारकका रुपमा स्तन ग्रन्थीका तन्तुहरु वा बोसो बढ्नु हो । जुन पुरुषमा हुने हर्मोनको गडबडी हो । यो जुन उमेर पनि अर्थात् वाल्यकाल, युवावस्था तथा बुढेसकालमा देखिन सक्छ। 

पुरुष स्तन वढ्नुका कारणहरु 
१. मोटोपन 
२. समयको अन्तरालमा वाल्यकाल, यूवावस्था र प्रौढ अवस्थाको समयमा परिवर्तनका रुपहरु जुन सामान्यतया वढि नै हुन्छ। 
३. हर्मोनको गडवडी 
क) अण्डकोषका हर्मोनहरु 
ख) एडेनल ग्रन्थीका हर्मोनहरु 
ग) थाइरोइड ग्रन्थीका हर्मोनहरु 
५. शरिरमा हुने अरु रोगका कारणले गर्दा हुने गाइनेकोमस्टिया 
क) मिर्गौलामा आउने समस्या 
ख) कलेजोको समस्या
ग) कुपोषण 
६. लामो समयसम्म निम्त औषधिको प्रयोग 
क) हर्मोनहरुः एन्ड्रोजन, एस्ट्रोजन 
ग) मुटुका औषधिहरुः एमिडेरोन, डाइगोजिन, नाइफेडिपाइन 
घ) नशा लाग्ने पदार्थहरुः रक्सी सेवन, हिरोइन, गांजाको सेवन।

यसका नकारात्मक प्रभावहरु 
१. युवावस्थामा पुरुषमा एक प्रकारले अस्वाभाविक रुपमा स्तन बढ्दै जानाले मानसिक रुपमा हिनतावोध वा लजालुपनाका कारणले युवाहरुको आत्मविश्वास हराउँछ । 
२. पुरुषमा पनि महिलामा जस्तै स्तन क्यान्सर हुने संभावना एक प्रतिशत रहेको तथ्यांकले देखाउँछ । 
३. मोटोपनाका कारणले पनि पुरुष स्तनमा अत्याधिक बोसो जम्न गई स्वास्थ्य समस्या आउँछ ।

उपचारका विधिहरु 
१. अप्रेशन विधिबाट हटाउने 
२. सानो प्वाल वनाई औजारको सहयोगले बोसो तथा तन्तु हटाउने 
यसको उपचार विधिलाई लाइपोसक्सन भनिन्छ । यसको सुरुवात सन् १९८० दशकबाट सुरुवात भएको हो । यो उपचार विधि अपनाउँदा सानो घाउ बनाई औजारको सहायताले बोसो तथा तन्तु निकालिन्छ । यो उपचार विधि अपनाउँदा घाउ सानो हुने र खत नदेखिने हुन्छ । अप्रेशन पश्चात हुने कम्लिकेसनहरु पनि कम नै हुन्छ । अप्रेसन पछि घाउमा हुन सक्ने संक्रमण पनि न्यून हुन्छ ।