धरान दुर्घटनामा परि मेरुदण्ड भाचिएर अशक्त बनेका धरान–१५ मजदुर पुण्यप्रसाद प्याकुरेलको घर निर्माणका लागि सहयोग गर्ने बढेका छन् । घर निर्माणका लागि जनश्रमदान तथा आथिृक सहयोग गर्ने मनकारीहरुको संख्या बढेको पुण्यप्रसाद प्याकुरेलको घर निर्माण सहयोग समितिले जनाएको छ । विहीबार सुनसरी क्षेत्र नंं १ का प्रतिनीधि सभा सदस्य जयकुमार राईले १५ हजार उनको घर निर्माणस्थलमै पुगेर दिएका छन् । यस्तै नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य प्रकाश राई सम्पतिले ११ हजार, वाईसिएल सुनसरी उपाध्यक्ष भुवन याख्याले ७ हजार र अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सचिव लिला प्रधानले ५ हजार, यस्तै विष्णु मेमोरिय उच्च माविका शिक्षकहरुले एक दिनको खाजा खर्च वापत ४ हजार उपलब्द गराएको सहयोग समितिका संयोजक कमल भट्टराईले जानकारी दिए । आईतबार धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, वडा अध्यक्षहरु नरेश इवाराम र प्रविन राईबाट श्रमदान गरेर घर निर्माणको काम सुरु भएसंगै सहयोगी दाताहरु बढेको सहयोग समितिका सल्लाहाकार भीम ज्वाला राईले जानकारी दिए । जनताका प्रतिनिधि भनेको जनताको दुःख सुखमा साथ दिने व्यक्ति हुन । आफ्नो घर बनाउन उपमहानगरपालिकाका उपप्रमुख वडा अध्यक्षसहित श्रम गरेको सुने पछि लामो सयमदेखि ओछ्यानमा थलिएका पुन्यप्रसाद प्याकुरेलले हर्षका आँशु झारे । उनले भक्कानिदै भने –‘म यति धेरै जनाको ऋणि भए, अव यो गुण कसरी तिर्नु ।’ आफु सेतमाथिको निदाल गनेर दिन कटाउदै आएका प्याकुरेल दैनिक सहयोगी शुभेक्षुक आउदा उनमा भएको निराशा समेत हटेको छ । मेरुदण्ड भाचिएर थलिएका मजदुर पुण्यप्रसाद प्याकु्रेलका लागि धरान १५ महादेव चोकस्थित प्याकु्रेलको नाममा रहेको सात धुर जग्गामा दुईवटा कोठा, भान्छा कोठा र शौचालय सहितको पाँच लाख लागतमा घर निर्माण दाताहरुको सहयोगमा भईरहेको घर निर्माण अभियान्ता ज्वालाले बताए ।