• विकास चाम्लिङ राई

धरान / प्लस टु का विद्यार्थीहरुलाई लक्षित गरि विग इभेन्ट नेपालको आयोजनामा हुन लागेको मिस प्लस टु २०१८ सिजन टुको शनिवार पहिलो अडिसन सम्पन्न भएको छ ।
धरान १० पुतली लाइनस्थित हाङकुक साराङ कोरियन रेष्टुरेन्टमा आयोजित अडिसन कार्यक्रममा ३४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । अडिसनमा धरान वसेर अध्ययन गरिरहेका सुनसरी, धनकुटा, भोजपुर लगायत जिल्लाको प्रतिनधित्व गर्दैै विद्याथीहरुले सहभागिता जनाएका थिए । अडिसनमा निर्णायकको भुमिकामा मिस प्लस टु २०१७ कि विजेता सिमरन तुलाधर, महिला अधिकार कर्मि तथा महिला संजाल धरानकि अध्यक्ष सविता राई, युवा व्यवसायि तथा वराह ज्वेलर्स इन्डष्ट्रिज प्रालिका प्रमुख प्रसासकिय अधिकृत गंगा कालिकोटे, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव दिनेस गजमेर र विग इभेन्टका डाइरेक्टर तथा कोरियोग्राफर डिजे ललित राई रहेका थिए ।

अडिसनवाट २५ जना विद्यार्थी छनौट गरिने र केहि विद्यार्थीलाई वैकल्पिक रुपमा पनि छनौट गरिने कार्यक्रम संयोजक सन्तोष राईले जनाए । अडिसन पछि कार्यक्रमको दोस्रो चरणमा छनौट भएकाहरु र उनीहरुको अविभावकसंग अन्तरक्रिया कार्यक्रमको अयोजना गरिने छ । अडिसन कार्यक्रममा कार्यक्रमका प्रचार प्रमुख विकास चाम्लिङ राईले स्वागत मन्तव्यसंगै कार्यक्रमको विषयमा प्रकास पारेका थिए । छनौट भएकाहरुलाई महिला शसक्तिकरण तथा महिला अधिकार कक्षा, उद्घोषकला तालिम, प्रभावकारी भाषण कला तालिम, व्यक्तित्व विकास तालिम, महिला स्वस्थ्य, समस्या र समाधान कक्षा, आधारभूत पत्रकारिता र पर्यटन पर्वद्धन कक्षा, टेवल शिष्टाचार, र्याम्प वक कक्षा, सौन्दर्य कला तालिम, नृत्यकला तालिम लगायत विषयमा सम्वन्धीत विज्ञहरु वाट करिव तिन हप्ता प्रशिक्षण दिइने छ ।
विद्यार्थीमा भएको क्षमता अभिवृद्धि, पहिचान र अवसरको लागि अयोजित कार्यक्रमको ग्राण्ड फिनाले यहि असोज १३ गते शनिवार धरान ८ स्थित सभागृहमा हुने आयोजकले जनाएको छ । मिस प्लस टु दोस्रो सिजन ग्राण्ड फिनालेका विजेताले पुरस्कार स्वरुप नगद पैतालिस हजार रुपैया, फस्ट रनरअपले २५ हजार रुपैया र सेकेन्ड रनरअपले १५ हजार रुपैया र क्रमशः तीनै जना विजेता तथा उपविजेताले ट्रफि, क्राउन र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । त्यस्तै गरि फाइनल चरणमा प्रवेस गर्ने पाँच जना प्रतिस्पर्धीले चार वर्षे स्नातक तह निशुल्क छात्रावृत्ति प्राप्त गर्नेछ । व्यक्तिगत टाइटल उपाधिमा मिस ट्यालेन्ट, मिस व्युटिफुल, मिस फ्रेन्डशीप, मिस वेस्ट वक, मिस स्माइल, मिस पर्सनालिटी, मिस वेस्ट डेूस, मिस फोटोजेनिक र मिस डिसिप्लीन उपाधि रहेको छ । टाइटल उपाधि विजेताहरुलाई ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।
तस्विरः विकास चाम्लिङ राई