धरान / कुरा मिल्दासम्म प्रेमी प्रमिका हुने र माेज गर्ने, लेनदेन तथा मनमुटाव भए पछि उजुरी लिएर आउनेहरु सुनसरी जिल्लामा बढेका छन् । सुनसरीमा शहरी र ग्रामिण क्षेत्रमा उस्तै संख्यामा जवरजस्तीकरणी र जबरजस्तीकरणी उद्योगको मुद्धा आउने क्रममा साउनमा मात्रै १४ वटा मुद्धा दर्ता भएको प्रहरी महिला सेलकी विनु बस्नेतले जानकारी दिए ।

 जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै १४ वटा बलात्कार र बलात्कार प्रयासको घटना भएको छ । जिल्लामा प्रत्येक वर्ष बढ्दो क्रममा रहेको बलात्कारको घट्ना चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो महिना साउनमा मात्रै १० वटा जवरजस्तीकरणी र ४ वटा जबरजस्तीकरणी उद्योगको मुद्धा दर्ता भएको छ ।
जिल्लामा गएको आर्थिक वर्ष २०७४/०७५ को १२ महिनामा ६० वटा जवरजस्तीकरणी र १४ वटा जबरजस्तीकरणी उद्योगको मुद्धा आएको थियो । जिल्लामा बलात्कारको घटनामा प्रेमी प्रमिकाहरु समेत परेका छन् । जिल्लामा आर्थिक वर्ष २०७२÷०७३ मा ४७ वटा जवरजस्तीकरणी र २० वटा जबरजस्तीकरणी उद्योगको मुद्धा थियो भने आर्थिक वर्ष २०७३/०७४ मा ५६ वटा जवरजस्तीकरणी र १८ वटा जबरजस्तीकरणी उद्योगको मुद्धा दर्ता भएको थियो । यसरी जिल्लामा बलात्कारको घटनामा प्रत्येक वर्ष वृद्धि भएको देखाएको छ ।
बढ्दो आधुनिकता र छिटो विश्वास गर्दाको नतिजा स्वरुप बलात्कार र बलात्कार प्रयासको घटना बढेको प्रहरी अधिकारीहरुले बताएका छन् । सुनसरीमा बलात्कारको घटना नीन वर्षयता लतार रुपमा बढेको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बलात्कारको घटना बढेकाले छोरी चेली र महिला जोगाउन समस्या भएको अधिकारकर्मी चुन्नी खातुनको भनाई छ ।