काठमाडौं / गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना जादा प्रहरीले गेटमै रोकेको छ । वान पिस ( छोटो लुगा )लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक प्रहरीले अर्को लुगा लगाएर आउन भन्दै फिर्ता पठाई दिएको हो ।

गेटमा बसेकी एक महिला प्रहरीले आगन्तुकका लागि नयाँ ड्रेस कोड आएको भन्दै उनलाई रोकेको राईले वताइन । उनी केही दिन अघि माइतीघरमा लेन मिचेर कारबाहीमा परेकी थिइन ।
सुरक्षार्थ खटिएकी महिला प्रहरीले भने यस अगाडि एक युवतीलाई छोटो लुगामा भित्र पस्न दिँदा आफूले गाली खाएको बताइन् । ती महिला प्रहरीले राईलाइ कुर्ता सुरुवाल लगाएर आउन सुझाव दिएकी थिइन् ।