• खेमराज सुवेदी

हामीले प्रोजेक्टकोबारेमा धेरै नकारत्मक कुराहरु मात्र सुन्ने गरेका छौ, फलानो ठेकेदारले त्यो बाटो समयमा समापन गरेन, अर्कोले त्यो पुल बनाउनलाई चाहिने समयभन्दा धेरै समय लगायो, बाटो बनाएको केहि समयमा नैखराब भयो, त्यो पुल एक वर्ष्भित्रनै भत्कियो, ठेकेदारले धेरै कमिशन खायो, आदि इत्यादी....अनि यिनै कुराहरुलाई लिएर सार्बजनिक बादबिवादमा पनि उत्रिन्छौ कहिले काहीँ ।
वास्ताबमा प्रोजेक्ट भनेको एउटा त्यो कार्यको प्याकेज हो जसमा सुरुवातदेखि अन्त कसरी गर्ने भन्ने कुराको सम्पूर्ण जानकारी हुन्छ्र । आर्थिक लेखाजोखा, सुरक्षाप्रणाली, प्रमाणित कार्यगत तरिका, कार्यगर्दा चाहिने सामग्री, मानबसंसाधन, औजार (सानातथाठुला), अनि प्रमाणित योजना्र यी चिजहरु मुलतः प्रोजेक्टको खम्बाहरु हुन । यि मध्ये कुनै एउटाको अभावमा पुरै प्रोजेक्ट धाराशायी हुन्छ ।
प्रमाणित योजनाः योजना बनाउने दक्ष इन्जिनियर
एक जना योजनाकार (योजना बनाउने दक्ष इन्जिनियर) को  गहन भूमिका हुन्छ । कुनै पनि प्रोजेक्ट सुरुवात गर्न को लागि, योजना बनाउने दक्ष इन्जिनियर ले त्यहि कामको  सम्बन्धमा दक्षता हासिल गरेको हुनु पर्छ । एउटा काममा दक्षता हासिल गरे को इन्जिनीयरले अर्को तरिकाको कामको योजना बनाउन सक्दैन किनकी उसमा त्यो कामको अनुभव हुदैन, उदाहरणको लागि , सिविल इन्जिनियरले मेकानिकल प्रोजेक्टको योजना बनाएर कार्यन्वयन गर्न सक्दैन । सिविल कामको लागि सिविल इञ्जिनियरिङ्गबाट दक्षता हासिल गरि योजना इन्जिनियरको पदमा कम्तिमा पनि चार वर्ष काम गरेको अनुभव हुनु पर्दछ । त्यसकारण मानब संसाधनको लागि अन्तर्वार्ता लिदा यी सबै कुरामा ध्यान जान अत्यन्त जरुरी हुन्छ । योजना इन्जिनियरलाई अनुबन्ध गर्नु अघि उसलाई ट्रायल लिन अति आवश्यक हुन्छ ।
योजना इन्जिनियरलाई अनुबन्ध गरि सकेपछि उसलाई चाहिने सम्पूर्ण कागजात (बिस्तृत नक्शा) उपलब्ध गराएर उबाट बिस्तृत कार्यगत योजना तयार पार्नु पर्दछ, जस मध्येमा उदाहरणको लागि कति समयसीमा भित्रमा कार्य समापन गर्नु पर्ने हो, कहिले सुरुवात गर्नु पर्ने हो, प्रत्येक कार्यको  चरणहरुलाई सुक्ष्म रुपमा विश्लेषण गरि साना भन्दा साना कार्यगत चरणहरु लाई छुट्याएर, त्यसमा चाहिने सामग्री, श्रमिक, औजार, लागत खर्च (तत्काल बजारमा रहेको मूल्यको आधारमा) अनि समय को बिश्लेषन गरि प्रतिबेदन तयार गर्नु पर्दछ, जुन प्रतिवेदन प्रोजेक्टको मूल आधार हुन्छ अर्थात् यसलाई प्रोजेक्टको संविधान भन्दा अनुपयुक्त हुदैन । यसरी बनाएको योजनालाई प्राइमभेरा सफ्टवेयरमा सुरक्षित गरेर राख्नु पर्दछ । ताकी जरुरत परेको खण्डमा भविष्यमा फेरी यसलाई फेरबदल गर्नु पर्ने हुन्छ ।्र
योजना इन्जिनियरको  कागजमा मात्र कहिले पनि सिमित रहनु हुन्न । आफुले बनाएको योजना अन्तर्गत काम भैरहेको छ वा छैन भनेर सुक्ष्म रुप मा काम गर्ने स्थलमा गएर प्रत्येक दिन अवलोकन गर्नु पर्दछ । यदि योजना अन्तर्गत काम भएको नभए तुरुन्त यसको रिपोर्ट सम्बन्धित व्यक्तिमा गर्नुपर्दछ अनि त्यसको निवारण तर्फ आफ्नो विचारलाई प्रस्तुत गर्नु पर्दछ । एउटा योजना इन्जिनियरले आफ्नो योजना लाई आफ्नो छोरा छोरी जतिकै हेरचाह गरेन भने त्यो योजना जुनसुकै बखत तुहिन सक्छ । जसको कारणले पुरै प्रोजेक्ट तहस नहस हुन्छ्र ।
प्रतक्ष्य रुपमा  कन्स्ट्रक्सनको काम चलिरहेको ठाउमा जान सम्भव नभए, साइट सिविल इन्जिनियरलाई फोन मार्फत सम्पर्क गरेर हुन्छ अथवा त्यो दिनको काम को  प्रतिबेदन हेरेर भए पनि आफ्नो योजनालाई दुरुस्त बनाई रहनु पर्दछ, योजना रिपोर्ट र काम को रिपोर्ट (दैनिक प्रगति प्रतिबेदन) समग्र मा साथ साथै हुनु पर्दछ ।  प्रत्येक दिन काम सुरु गर्नु भन्दा अगाडी दैनिक रुपमा श्रमिक हरुको अगाडी सुपरभाईर्ज र इन्जिनियरलाई साथमा राखी कम्तिमा ५ मिनट  योजना इन्जिनियरले त्यो दिनको गर्नु पर्ने कामको योजना सुनाउनु पर्दछ जसले गर्दा आज कुन काम कति मात्रामा सक्नु पर्ने हो सबैको जानकारीमा आउदछ जसले गर्दा दिनको अन्त्यतिर टार्गेट हासिल गर्नको लागि समग्ररुपमा सबै बाट सहायता प्राप्त हुन्छ ।
यी सब कामको अलावा योजना इन्जिनियरले प्रत्येक महिनाको अन्त्यमा महिना भरि को कामको प्रगति बिवरण इन्जिनियर अनि आयोजना प्रबन्धकलाई साथ्मा राखेर बैठक मा प्रस्तुत गरि यस उपर बहस पैरवी गर्नु पर्दछ, जसले गर्दा आयोजनाको काममा कुन कुन ठाँउमा केके कारणले पछि परियो अनि कुन कुन ठाउँ मा के के कारणले गर्दा समय अगावै काम समाप्त भयो भन्ने स्पष्टता हुन्छ्र माथि बर्णन गरिएको दैनिक तथा मासिक कार्यतालिका योजना इन्जिनियरले दैनिक तथा मासिक रुपमा आयोजना सफल रुपमा समापन नभएसम्म जारी राख्नु पर्दछ्र ।
प्रमाणित कार्यबिधि तरिकाः त्यहि काम सम्बन्धित दक्ष इन्जिनियर
जुन स्थलमा आयोजना चलाउनु पर्ने हो त्यो स्थलको बिस्तृत भौगोलिक अध्यन सम्बन्धित इन्जिनियरबाट प्रत्यक्ष रुपमा त्यहि स्थानमा गएर गर्नुपर्दछ, कागजी सर्वेक्षणको भर मा मात्र परेर सुरु गरिएको काम ले सफलता प्राप्त गर्ने सम्भावना एकदम न्यून रहन्छ । एकजनाले सर्वेक्षण गरेको प्रतिबेदन सम्बन्धित व्यक्तिबाट प्रमाणित नभएसम्म अर्कोलाई त्यहि प्रतिवेदनको आधारमा कार्य गर्न लगाउनु हुन्न ।
भौगोलिक प्रतिबेदनको आधारमा रहेर आयोजनाको कामको प्रकृति हेरी त्यस आयोजनाको समग्र कार्यगत बिधि बनाउनु पर्दछ, कार्यविधि बनाउदा समय, स्थान, मौसम, भूगोल, कामको प्रकृतिलाई धेरै ध्यान दिन जरुरी हुन्छ जसले गर्दा भबिष्यमा काम गर्दा हुन सक्ने  दुर्घटनालाई  न्यून गर्न मद्दत पुग्दछ्र आयोजना को राम्रो सुरुवात गर्नु भनेको नै आधा काम समाप्त गर्नु हो भन्ने कुरा लाई ध्यान मा राखी काम को राम्रो सुरुवात गर्नु पर्दछ । खराब र हतारमा गरिएको कामको सुरुवातले विभिन्न बाधा अड्चनहरु आउछन । जसले आयोजनाको समापनको समयलाई धेरै लामो बनाउछ जसले गर्दा खर्च वृद्धि भै आयोजना घाटामा जाने सम्भावना ज्यादा रहन्छ्र ।
कार्यविधि बनाउदा सम्बन्धित काममा दक्ष इन्जिनियरले बनाउनु पर्दछ र कामको प्रकृति हेरी कार्यको उद्देश्य, क्षेत्र, सम्बन्धित कागजात, औजार र उपकरण, परिभाषा, जिम्मेवारी, प्रक्रिया, रिपोर्टिंङ, तथन औजार उपकरण सुरक्षा, सम्बन्धित कार्य समापन गर्दा लाग्ने समयावधि (समयावधिको मापन योजना इन्जिनियरको प्रतिबेदनको आधारमा गर्नु पर्दछ), गुणस्तर जाँंचलाई क्रमिकसँग बर्णन गर्नु पर्दछ्र ।
आयोजनामा कार्य गर्दा प्रमाणित कार्यविधि भन्दा बाहिर गएर आफ्m्नै तरिकाले काम गर्नु हुन्न, कार्यविधि भन्दा बाहिर मोडिएर गलत तरिकाले कार्य गर्दा धेरै भन्दा धेरै दुर्घटना  हुन सक्छन जसकोको कारणले जनधनको क्षति हुनसक्छ र आयोजना, सुरक्षित अनि गुणस्तरीय रुपमा सम्पन्न गर्न समस्या हुन्छ ।
सुरक्षा प्रणालीः सुरक्षा बिशेषज्ञ
श्रमिकको सुरक्षालाई पैसासँग सम्झौता गर्न मिल्दैन । तुलानात्मक रुपमा भन्नु पर्दा कार्य भन्दा श्रमिकको सुरक्षा सधै उच्च रहनुपर्दछ । सबै आयोजनाहरुमा, पहिले सुरक्षा अनि काम(जहाँ यो सिद्धान्त रहन्छ । त्यहाँका श्रमिक सधै काममा सुरक्षित रहन्छन, जहाँका श्रमिक सुरक्षित हुन्छन, त्यो आयोजना सधै सफल हुन्छ । यो सर्बमान्य सिद्धान्तलाई पछ्याएको खण्डमा कोहि पनि श्रमिक कुनै पनि आयोजनामा दुर्घटनामा पर्दैनन्।
कार्य गर्नलाइ जुन जुन कार्यविधि बनाइएको छ, त्यसै अनुसार सधै कार्य गर्नु पर्दछ । यदि परिस्थिति बस कार्यविधिलाई लागु गर्न सकिएन भने त्यसको जानकारी तुरुन्त व्यवस्थापन समक्ष गराउनु पर्दछ । व्यवस्थापनबाट त्यसको अनुमति प्राप्त भए पछी मात्र नयाँ कार्यविधिलाई काममा लागु गर्नु पर्दछ ।
जोखिम मुल्याङ्कन
काम शुरु गर्नु अघि सधै अन्तिम समयमा गरिने जोखिमको मुल्याङ्कनको बारेमा सबै श्रमिकको अगाडी बसेर छलफल गर्नु पर्दछ । जसले दुर्घटना हुनबाट बचाउनलाई धेरै सहयोग गर्दछ किनकि अन्तिम समयमा गरिने जोखिमको मुल्याङ्कनले श्रमिकलाई अझै सचेत गराउदछ ।
गर्न लागिएको कार्यको प्रकृति कस्तो किसिमको हो, त्यो कार्यले श्रमिकलाई, औजार उपकरणलाई, वातावरणलाइ, आयोजक कम्पनिको प्रतिष्ठालाई कस्तो किसिमको नोक्सानी पु¥याउन सक्छ, आदि इत्यादीको बारेमा जोखिमको मुल्याङ्कन काम सुरु गर्नु भन्दा अगाडी नै गर्नु पर्दछ ।
कार्य सुरक्षा विश्लेषण प्रतिबेदन तयार गर्दा माथि उल्लेखित जोखिमहरुलाई समावेस गरेर त्यसको अलावा कार्य गतिबिधि, त्यस गतिबिधिसँग सम्बन्धित जोखिम, जोखिम मुल्याङ्कन, जोखिम नियन्त्रण मापन, अनि जोखिमको स्तरलाई पनि प्रतिबेदनमा उल्लेख गर्नु पर्दछ, तयार गरिएको कार्य सुरक्षा प्रतिबेदनलाई व्यवस्थापन समक्ष पेश गरि प्रबन्धकबाट प्रमाणित भए पछि मात्र त्यसलाई कार्यान्वयन को स्तरमा लग्नु पर्दछ ।
श्रमिकहरुलाई सधै सकारात्मक व्यवहारको लागि प्रेरित गर्नु पर्दछ, सकारात्मक सोचले नै सकारात्मक भावनाको सिर्जना गर्दछ, सकारात्मक भावनाले सकारात्मक व्यवहारको सिर्जना गर्दछ, सकारात्मक व्यवहारले सकारात्मक सोचलाई अझ बलियो बनाऊद छ, अर्थात् हामी ले जस्तो तरिकाले सोच्छौ त्यस्तै व्यवहार गर्दछौ अनि त्यहि व्यवहार अनुसारको प्रतिफल प्राप्त गर्दछौ । अझ यसलाई माथिको चक्र प्रणालीबाट स्पष्ट गर्न सकिन्छ, श्रमिकको व्यवहार मा सकारात्मक सोच ल्याउनको लागि समय समयमा त्यो सम्बन्धित विभिन्न तालिमहरुको आयोजना गरि अनिवार्य रुपमा श्रमिकहरुलाई ति तालिम हरुमा उपस्थिति गराउनु पर्दछ ।
यसरी एउटा प्रोजेक्टमा रहदा आयोजना, कामदार, औजारलगायत हरेक क्षेत्रको शुष्म अध्ययन गरि रणनैतिक रुपमा काम अघि बढाए आयोजना कहिल्यै पछि असफल हुदैंन । सफलताको मुल कडी भनेको आयोजना संचालनको रणनीति नै हो ।
(लेखक सुवेदी दोहास्थित मदिना ग्रुपको शेल प्रोजेक्टका  सिनियर प्रशासकीय संयोजक हुन ।)

खेमराजसुवेदी