धरान / कोशी टप्पु वन्यजन्तु आरक्षको सिवावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियवासी रातिको समयमा हात्ती, अर्ना र अन्य जनावर निस्केर आक्रमण गर्दा आजित भएका छन् । सप्तरीको पश्चिम तथा सप्तकोशी र कञ्चनरुप नगरपालिकाका जनतालाई जंगली जनावरहरुले ने गरेको छ । उनीहरुको समस्या समाधान गर्न सरोकारवालाहरुले खासै पहल गरेको पाईदैन् ।

जंगली जनावरबाट ती क्षेत्रमा  धेरै मानिसहरुको ज्यानसमेत गएको छ । करोडौंको अन्यबाली नष्ठ भएको छ । सालान्न उनीहरु जंगली जनावरबाट शिकार बन्दैं आएका छन् । केही दिन अघि भाने स्थानियको संरक्षण गर्न आरक्ष प्रशासनले  दीर्घकालीन तथा अल्पकालीन योजना बनाउन पहल शुरु गरेको छ । आरक्षणको यो सकरात्मक कदम हो ।

कञ्चनरुप, सप्तकोशी, हनुमाननगर नगरपालिकाको सहकार्यमा आरक्षभित्रका अर्ना, हात्तीबाट बच्ने उपाय खोजी गरिनु पर्दछ । आरक्षले  जनताको समस्या समाधानका लागि अव दीर्घकालिन उपाय अवलम्बन गर्नु पर्दछ ।