धरान /सशस्त्र प्रहरी र स्थानीयवासीबीच बुधबार साँझ भएको झडपले तनावग्रस्त बनेको सुनसरीको हरिनगार घुस्कीको अवस्था सामान्य बनेको छ । राती अबेरसम्म बसेको सर्वपक्षिय भेलाले घाइतेहरुको उपचार शसस्त्र प्रहरीले , दोषी पत्ता लगाई कार्वाहीको प्रकृया अघि बढाउने र घटनामा संलग्न भएको सशस्त्र प्रहरीको टोली परिवर्तन गर्ने सहमति भए पछि अवस्था सामान्य बनेका ेहो ।
हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारी र पीडित पक्षबिच भएको अबेर सम्म चलेको वार्ता पश्चात जिल्ला प्रशासन कार्यालयको रोहवरमा सर्वपक्षिय छानविन टोली गठन गर्ने सहमति भएको छ ।
घटना पश्चात सशस्त्रले सई दिलकुमार तामाङको कमाण्डमा रहेको टोली परिवर्तन गरी जिल्लाबाट प्रहरी निरीक्षक बिदुर भट्टराई नेतृत्वको टोली सीमा सुरक्षा बल घुस्की पठाउने भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज विष्टले अवस्था सामान्य अवस्थामा आइसकेको बताए ।
सुनसरीको सीमावर्ति क्षेत्रमा पर्ने हरिनगर गाउँपालिका ६ र ७ घुस्कीमा स्थानीयसँग सशस्त्रको विवाद पश्चात तनाव सिर्जना भएको थियो । स्थिति उतेजक भए पछि सशस्त्रले नियन्त्रण्चामा लिन २ सेल अश्रुग्यास र ९ राउन फाईरिङ गरेको थियो । सशस्त्रले अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रतिरक्षाकालागि हवाई फायर गर्नु परेको जनाएको छ । घटनामा स्थानीय तर्फ ४ जना घाइते भएका छन् भने शसस्त्र तर्फ ७ जना घाईते भएको बतायउको छ । विष्टले गोली लागेको भनिएका मियाको अवस्था सामान्य रहेका बताएका छन् । उनलाई गोली लागेको नभई लगेर चोट लागेको उनले दावी गरेका छन् ।
यसरी भयो विवाद
सुनसरीको घुस्की भारतीय सीमामा जोडिएको क्षेत्र हो । घट्नास्थल भारतीय सिमा नाकाबाट करिव १ किमी दुरीमा पर्दछ । यहाँबाट स्थानीय व्यापारीहरु ा भारतीय बजारमा गएर दैनिक उपभोग्य वस्तु खरिद गर्छन् । पछिल्लो समय चोरीका खसी बोका निर्यात हुदै आएको थियो । उक्त नाकाबाट बढि चोरी तस्कारी बढे पछि सीमा सशस्त्र प्रहरी वल घुस्कीले आयत तथा निर्यातमा कडाई गरिरहेको थियो । सशस्त्रले भारतबाट सामान ल्याउन कडाई गरे पछि स्थानीय र सशस्त्रविच घटपट भएको थियो । स्थानीय व्यापारीहरुले सशस्त्रलाई कडाई नगर्न दवाव दिदै आएको श्रोतले बताएको छ ।
सशस्त्र प्रहरीको कडाईले दैनिक चोरी तसकरी गर्ने, भारतबाट सामान नेपाल ल्याएर बेच्नेहरु सशस्त्रसँग रुष्ट भएका थिए । केही दिन अघि घुस्की बासिन्दाले हाटबाट खरिद गरी लगेका गोरु, गाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा सशस्त्रका सई दिलकुमार तामाङ र हवल्दार कृष्ण साहविच भनाभन समेत भएको थियो ।
साना व्यापारी विरुद्ध सशस्त्र प्रहरीहरु कठोर भएका बेला गर्भवतीसमेत रहेकी मैजानु खातुनलाई विना कारण निर्धात कुटपिट गरे पछि स्थानीयहरुले सशस्त्रलाई तह लगाउने मौका यही हो भनी पुरै गाउँ उल्टेर आक्रमणमा उत्रिएको स्थानीय शमशेर आलाम अन्सारीले बताए ।
महिलामाथिको आक्रमणमा कमिकमजोरी भए पनि स्थानीयहरुले रिसइविमा सशस्त्र प्रहरीको हतियार खोस्ने तथा पोष्टमै पुगेर आक्रमणको प्रयासको विषयमा विहीबार साँझसम्म जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीको रोहवरमा वार्ता भईरहेको छ । चोरी तस्करी गर्न नपाएकाहरुको घुसपेट भएर सशस्त्र प्रहरी माथि आक्रमण गएको सशस्त्र प्रहरीले जनाएको छ । घाईतेको उपचार गर्ने विषयमा सहमति भए पनि सो क्षेत्रको समस्याबारेमा थप छलफल भईरहेको एसपी अधिकारीले जनाए ।

घाईतेको अवस्था सामान्य
बिराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्थानीयले खेतबारीमा चराएर ल्याउँदै गरेको खसी बाख्रा तस्कर गरी ल्याएको भन्दै सशस्त्रले मैजान खातुनालई हातपात गरेको थियो । सोको विरुद्ध गाउँले प्रतिकारमा उत्रिदा स्थिति तनावपूण भएको हो । यता सशस्त्र प्रहरीका सई दिलकुमार तामाङले भने सशस्त्रले सोधपुछका क्रममा चर्को वादविवादले स्थिति तनावपूण भई हतियार खोस्ने र आक्रमण हुन थालेपछि प्रतिकारमा उत्रिएको दावी गरेका छन् ।

छानविन गर्न टोली गठन
घुस्कीको घट्नाबारे विस्तृत अध्ययन गर्न ७ जनाको अध्ययन टोली गठन भएको छ । विहीबार साँझ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको सर्वपक्षिय छलफलले ७ दिनभित्र अध्ययन गरि प्रजिअ उप्रेतीलाई प्रतिवेदन बुझाउने गरि समिती गठन भएको हरिनगरा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम भगतले जानकारी दिईन ।
समितिमा ६ नं. वडाका वडा अध्यक्ष इजराइल अन्सारी, ७ नं. का वडा अध्यक्ष नासिर खान, सशस्त्र प्रहरी वल देवानगञ्जका इन्स्पेक्टर धिरेन्द्र चौधरी, स्थानीय गफार गटरहेका छन् ।
समितिमा न्यायिक समितिको सयोजकलाई वाईपास
गाउँपालिका अध्यक्ष गफार अन्सारी, प्रजिअसहितको छलफलबाट बनाइएको छानविन समितिमा गाउँपालिकाकी न्यायीक समितिकी संयोजक रिमझिम भगतलाई भने राखिएको छैन् । ‘छलफलमा थिए । तर मलाई राख्ने विषयमा कसैले भनेनन । अध्यक्ष ज्युले पनि केही भन्नु भएन ।’–उनले भनिन–‘आफ्नो गाउँपालिका भित्र भएको घट्नामा आफुलाई वाईपास गरेको महसुस भयो ।’