धरान / नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउने तयारी भउको श्रोतले बताएको छ ।

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउने बताइएको छ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिइसकेका श्रोतले बतायो ।
बुढाको राजीनामा स्वीकृत भएपछि सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि आग्रह गर्ने बताइएको छ ।
भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख मा पनि उपनिर्वाचन गर्नुपर्नेछ । प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त छ । सरकारले बुढाको राजीनामापछि यी दुवै क्षेत्रको उपनिर्वाचन गराउन आयोगलाई आग्रह गर्ने छ । सरकारले असोजसम्म उपनिर्वाचन गराउन निर्वाचन आयोगलाई आग्रह गर्ने बताइएको छ ।
धरान उपमहानगरपालिकाको चाही के हुन्छ
गत साउन १ धरान उपमहानगरपालिकाका मेयर तारा सुब्वाको निधन भए पछि यहाँ पनि मेयर पद खाली भएको छ । स्थानीय तहका केर्ह स्थानमा प्रमुख तथा वडा अध्यक्षहरुको पद खाली भएको छ । स्थानीय तहको विषयमा भने नेकपाले केही बोलेको छैन् । उच्च श्रोतका अनुसार यही समयमा सबै तहको उप निर्वाचन गर्ने तयारी भएको छ । धरान वडा नं. ७ का वडा अध्यक्ष र मकालु गाउँपालिका संखुवासभामा पनि खाली छ । गाउँपालिका अध्यक्ष खडगबहादुर कट्वालको दुर्घटनामा मृत्यु भए पछि खाली भएको हो ।

संविधानमा स्थानीय तहले प्रदेशमा र प्रदेशले संघमा पद रिक्त भएकाे जानकारी गराए पछि संघीय सरकारले निर्वादचन अायाेगलाई निर्वाचन गराउन  निर्देशन दिने प्रावधान छ । श्राेतले- 'भन्याे स्थानीय तहले  रिक्त भएकाे बारे तत्काल माथिल्लाे निकायमा जानकारी गराए असाेज मै स्थानीय तहहरुकाे पनि सम्भावना छ ।'