धरान / प्रदेश नं. १ को सरकारलाई आवश्यकता भन्दा कम प्रहरी भए पछि नयाँ प्रविधी युक्त सुरक्षा प्रणाली अपनाउने भएको छ ।
सरकार गठनको ६ महिना वित्दा पनि प्रदेश सरकारको आफ्नै प्रहरी छैनन् । गृह प्रशासन हेर्ने मन्त्रिको सुरक्षासमेत संघीय सरकारको प्रहरीले हेरि रहेको छ । प्रदेशको सुरक्षाको जिम्मा संघीय प्रहरीले नै गरिरहेको छ । त्यो प्रहरी पनि प्रयाप्त मात्रामा नभएको गृह प्रशासन समेत हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले बताएका छन् ।
उनका अनुसार प्रदेश १ मा १६ हजारको प्रहरी दरवन्दी भए पनि हाल ११ हजार मात्र रहेका छ । प्रयाप्त प्रहरी अभावमा जनताले गाउँ गाउँ प्रहरी चौकी पुस्थापना गर्नु पर्ने माग पुरा गर्न नसकिएको उनको भनाई छ । प्रदेशको सुरक्षा चुनौतीलाई पुरा गर्न ३० हजार प्रहरीको आवश्यकता रहेको उनको भनाई छ ।
प्रदेशबाट प्रहरी नियुक्त गर्न समेत कानुनी जटिलता रहेकाले प्रदेश सरकारले प्रदेशको सुरक्षा चुनौतीलाई सामना गर्न प्रविधीयुक्त सुरक्षाको अवधारण ल्याएको छ ।
प्रदेशको सार्वजनिक स्थानमा २२४ सिसि क्यामेरा जडान
मन्त्रि कार्कीका अनुसार प्रदेशका १४ वटै जिल्लामा २२४ स्थानमा सिसि क्यामेरा जडान गर्ने तयारी गरिएको छ । यसका लागि प्रदेश सरकारले बजेटसमेत छुट्याइसेको छ । मेची पुलदेखि पश्चिमको सिमाना कोशी व्यारेजसम्मको पूर्व पश्चिम राजमार्गमा ७४ वटा सडकमा सिसि क्यामेरा जडान गर्ने तयारी गरिएको छ । तीन महिना भित्र यो सबै काम सक्ने गरि काम अघि बढेको मन्त्रि कार्कीले बताए । प्रत्येक इलाका प्रहरी कार्यालयहरुको मोवाईल गाडीमा कयमेरा जडान गरेर त्यसको निगरानी प्रदेश सरकारले गर्ने छ । मन्त्रि कार्कीले भने–‘कुन प्रहरी प्रमुख कहााको कार्यक्षेत्रमा छ, वा कहाँ गाडी लिएर व्यक्तिगत काममा गएको छ की त्यसको मनिटेरिङ प्रदेश प्रहरीले गर्ने छ ।’ कार्य क्षेत्रमा नगई गाडीको दुरुपयोग गर्ने प्रहरी अव कारवाहीमा पर्ने उनको भनाई छ ।
महिलामैत्री प्रहरी कार्यलय
प्रदेशमा रहेका प्रहरी कार्यालयहरु म्हिलामैत्री नहुदा उनीहरुले हैरानी खेपी रहेका छन् । उनीहरुका लागि ड्रेस चेन् जगर्ने, बस्ने छुट्टै भवन निर्माणका लागि जिल्ला प्रहरी कार्यलयहरुलाई जेठमै निर्देशन दिई सकेको मन्त्रि कार्कीले बताए । श्रीमाने श्रीमति जागिरे भए एकै जिल्ला र एकै स्थानमा ड्युटी गर्न पाउने व्यवस्था समेत प्रदेश सरकारले गर्ने भएको छ ।
ट्राफिक प्रहरीले सवारी चालकले मादक पदार्थ खाए नखाएको परिक्षण गर्न श्वास नै सुग्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर हरेक जिल्ला प्रहरी कार्यलयहरुमा ब्रेथलाईजर मेसिन जेठ मै वितरण गरिएको उनले बताए । सवारी चालकले कति गतिमा सवारी चलाएको छ भन्ने मापन गर्ने प्रविधी समेत प्रहरीसँग थिएन । अहिले सवारीको गति मापन गर्ने राडर गन उपलब्द गराएको मन्त्रि कार्कीले बताए ।
प्रहरी प्रशासनलाई आवश्यक जनशक्ति अभाव टार्न अधिकतम प्रविधी प्रयोग गरेर सुरक्षा मजबुत पार्ने सरकारको योजना अघि बढि सकेको उनको भनाई छ ।
तीन बर्ष भित्र सबै स्थानीय तहमा दमकल, एम्बुलेन्स
प्रदेश सरकारले सबै स्थानीय तहमा विपत व्यवस्थापन युनिट बनाउने भएको छ । तीन बर्ष भीत्र प्रदेशका गाउँपालिका, नगरपालिकाहरुमा एम्बुलेन्स, दमकल, प्रहरी युनिट खडा गरिने मन्त्रि कार्कीले जानकारी दिए । ‘यसको शुरुवात पहाडी विकट गाउँपालिकाबाट शुरु गर्दै छौ ।’– मन्त्रि कार्कीले भने–‘यो बर्षको योजनामा ८० वटा दमकल वितरण गर्ने योजना छ । बजेट पनि विनियोजन गरि सकेका छौं ।’