धरान / आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य संस्था वन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय विरुद्ध संघकी कोषाध्यक्षले नोट अफ डिसेन्ट लेखेकीछन् ।
अनशनरत डा. गोविन्द केसी मागलाई समर्थन गर्दै संघले स्वास्थ्य संस्था वन्द गर्ने निर्णय गरेपछि ‘स्वास्थ्य संस्था वन्द’को निर्णय बिरुद्ध संघकी कोषाध्यक्ष डा. रक्षा श्रेष्ठ ‘मेरो ‘नोट अफ डिसेन्ट’ लेखेकी हुन् ।
संघले आजदेखि देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघको बुधबार बसेको कार्यकारी समितिको आकस्मिक बैठकमा स्वास्थ्य संस्था बन्द गर्दा विरामीको बिचल्ली हुने भन्दै संघकी कोषाध्यक्ष डा. श्रेष्ठले निर्णयमा आफू असहमत रहेको बताएकी छन् ।
नोट अफ डिसेन्टमा उनले लेखेकी छिन् ‘हामी चिकित्सक प्रत्यक्ष बिरामीको जीवनसँग सरोकार राख्ने हुनाले बन्द हडतालमा असहमति जनाउँछु ।’
कोषाध्यक्ष डा. श्रेष्ठले डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने कुरामा आफू सहमत रहेको तर स्वास्थ्य संस्था जस्तो जनताको जीवन जोडिएको क्षेत्रमा हड्ताल गर्नु उचित नहुने बताईन ।

विपीमा ओपिडी सेवा बन्द भए पछि चिकित्सकहरुले आकस्मिक कक्षबाटै विमारीको जाँच
धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा ठप्प भएको छ । तर टाडाबाट आउने विमारीहरुलाई भने चिकित्सकहरुले आकस्मीक कक्षमा बोलाएर विमारीको उपचार गरेका छन् ।
डा. गोविन्द केसी चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरी प्रतिस्थापन विधेयक ल्याउन खोजेको भन्दै केसी १९ दिनदेखि अनसनरत छन् । उनलाई विहीबार दवावमा काठमाण्डौ ल्याइएको छ । केसीको जीवन रक्षाको माग गर्दाै विपि प्रतिष्ठान स्थित जुनियर रेसिडेन्सीयल वेलफेयर सोसाइटीको नेतृत्वमा आन्दोलनमा भएको हो ।
यता ओपिडी सेवा प्रभावित भए पछि इलाम, भोजपुर, सङ्खुवासभालगायतका पहाडी जिल्लाबाट आउने विमारीहरुलाई आकस्मिक कक्षमा बोलाएर विमारी जाँच गरेका छन् । टाडाबाट आएका विमारीहरु समस्यामा नपरुन भनेर यस्तो गरिएको बाल रोग विभागका डा. अरुणकुमार सिंहले बताए । ‘डा. गोविन्द केशीको जाहेज मागलाई पनि हाम्रो समर्थन छ र आन्दोलनको नाममा विमारीहरुलाई समस्यामा पनि पार्न हुदैन ।’–डा. सिंहले भने–‘विमारीको समस्यालाई ध्यानमा राखेर प्राय डाक्टरहरुले आकस्मिक कक्षबाटै सेवा दिनु भएको छ ।’