वास्तवमा, प्याजको सेवनले हामीलाई विभिन्न स्वास्थ्य लाभ दिन्छ । प्याजले प्रतिरोधक क्षमतालाई बढाएर हामीलाई रोगबाट मुक्त गराउँछ । नियमित प्याजको सेवनले हाम्रो शरीरले संरक्षण प्राप्त गर्छ । यसकारण चिकित्सकहरू खानाको साथ-साथै प्याजको सेवन गर्न सल्लाह दिने गर्दछन् ।

प्याज क्यान्सरको रोगथाममा पनि सहयोगी हुन्छ । यो एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ । यसमा रहेको भिटामिन क्यान्सरलाई रोकथाम गर्नमा सहयोगी सावित हुन्छ । हालै गरिएको एक अनुसन्धान अनुसार, रातो प्याजको सेवनले क्यान्सर हुने खतरा निकै कम हुन्छ । क्यानाडामा भएको यस रिसर्चमा सोधकर्ताको भनाई छ, रातो प्याजमा विभिन्न यस्ता गुण हुन्छ, जसले क्यान्सरको खतरा कम गर्न आवश्यक हुन्छ । रातो प्याजको तत्व यति सक्रिय हुन्छ कि क्यान्सरको कोशीकालाई जड देखि नै नष्ट गर्छ । साथै क्यान्सरको कोशिकाहरूको लागी यस्तो प्रतिकूल वातावरणको सिर्जना गर्छ, जसले कोशिकाहरू बीच संचारलाई बाधा गरी यसलाई बढ्नबाट रोक्छ ।

प्याजको गुण

प्याजले खानाको स्वादलाई बढाउनुको साथै यसले हामीलाई विभिन्न रोगहरूबाट पनि बचाउँछ । रातो प्याज बाहेक सेतो र गुलाबी प्याजले पनि हामीलाई विभिन्न तरिकाले फाइदा दिन्छ । तरपनि रातो प्याजलाई स्वास्थ्यको लागी वरदान भनिन्छ । किनभने यसले शरीरको प्रतिरोधक क्षमतालाई अधिक बढाउँछ, जसले गर्दा रोग चाँडो हुँदैन र विशेषगरी क्यान्सर रोग । यसको साथै प्याजको सेवनले शरीरको अरूची र अपच जस्ता समस्यामा पनि निकै लाभदायक हुन्छ । एजेन्सी