धरान / जन्म दिनमा सबैले पार्टीको आयोजन गर्छन् । ठूलो धनराशी खर्च गर्छन । पार्टीको आयोजना गरेर जन्मदिन बनाउनेमा केन्द्रिय प्रविधी क्याम्पस हात्तिसार धरानका स्ववियु सभापति सौरब सन्जेल पनि पर्छन ।
तर यस पटक भने उनले आफ्नो जन्म दिन फरक किसिमले मनाएका छन् । उनले धरान १७ स्थित श्रीअनन्त शिक्ष्ाँ आधारभुत बिद्यालयमा शैक्ष्ँिक तथा सामान्य खाद्यान्न सामाग्री बाडेर जन्म दिवस मनाएका छन् । उनलाई यो काम गर्न पत्रकार जनकऋषी राई, युवा संघ नेपाल धरान उपमहानगर कमिटी सचिव धिरेन लिम्वूले प्रोत्सोहान गरे ।
उक्त कार्यक्रममा विद्यालयका १३० जना बिद्यार्थीहरुलाइ कपि, डट्पेन, पेन्सिल, इरेजर, बिस्कुट तथा आ“प बितरण गरे । आधारभुत बस्तिको यो बिद्यालयमा सभापति सन्जेलले मनाएको यो जन्म दिन अत्यन्तै रचनात्मक भएको पत्रकार जनकऋषी राईले सुनाए ।
जन्मदिनको शुभकामा दिदै, सबै बिद्यर्थीहरुले जन्म दिनसंगै अन्य दिनहरुममा पनि यसरीनै बिभिन्न रचनात्मक कार्य गरेमा समाजलाई सकारात्मक बाटोमा सहज रुपमा अघि बढाउन सकिने नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष्ँ नारायण सुवेदीले बताए ।
कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर कमिटीका सचिब राजमणि निरौला, नगर सचिवालय सदस्य शुशिल सुवेदी तथा अन्य बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । यस्तो रचनात्मक कामको बिद्यालयका प्रधानाध्यापक सुजन राईले स्वागत गरेका छन् ।