धरान / डिपोट उच्च मावि धरान –१८ मा कक्षा ५ मा अध्ययनरत रिकेश कार्की(सक्षम)को १० औं जन्मोत्सव आज अपाङ्ग पुनस्थापना सेवा केन्द्रका अशक्तहरुलाई फलफुल वितरण गरेर मनाएका छन् ।
धरान–९ स्थित अपाङ्ग पुनस्थापना तथा असाहाय सेवा केन्द्रमा रहेका असाहायहरुलाई फलफुल वितरण गरि आफ्नो छोराको जन्मोत्सव मनाएको उनकी आमा सुलोचना कार्कीले बताईन । छोराको असक्तलाई सहयोग गर्ने चाहाना अनुसार सेवा केन्द्रमा रहेकाहरुलाई फलफल वितरण गरिएको उनले बताईन ।
स्वाउ, केरा, आप, चकलेट, जुसलगायतका सामाग्री वितरण गरिएको थियो । जन्मोत्सवमा यस्तो सहयोग सहरानीय भएको संस्थाका निर्देशक सुनिल खड्काले बताए । उक्त सेवा केन्द्रको संरक्षणमा १२ जना बालबालिका र ५ जना असक्त व्यक्तिहरु बस्दै आएको खड्काले बताए । बालबालिकाहरुलाई भने धरान–१७ मा राखिएको छ ।

r