१. मेथीको सेवनले शरीरमा राम्रो कोलेस्टेरोल बढ्छ र नराम्रो कोलेस्टेरोल घट्छ । यसबाट मुटुसम्बन्धी रोग पनि कम हुन्छ ।
२. मेथीको सेवनले रगतमा ग्लुकोजको स्तर कम हुन्छ, जसबाट डाइबेटिजको टाइप वान र टाइप टु दुवै नियन्त्रित हुन्छ ।
३. सुत्केरी भएपछि महिलाको दुध बढाउन मेथीको सेवन फाइदाजनक हुन्छ । यसमा रहेको डायसजेनिन नामक स्टेरोइड यस मामलामा फाइदाजनक हुन्छ ।
४. पेट खराब हुँदा या अपचको स्थितिमा मेथीको सेवन लाभकारी हुनछ । यसले भोक पनि बढाउँछ ।
५. कब्जियत हटाउँन मेथी फाइदाजनक मानिन्छ । यसले शरीरको मेटाबोलिजम ठीक राख्छ ।
६. मेथीको सेवनले स्तन क्यान्सर र प्रोस्टेट क्यान्सरको खतरा पनि कम गर्छ ।
७. उच्च रक्तचापका बिरामीका लागि मेथीको सेवन फाइदाजनक हुन्छ, यसबाट रक्तचाप पनि नियन्त्रण हुन्छ ।
८. मेथीको सेवनबाट शरीरमा टेस्टोस्टेरोनको स्तर पनि बढ्छ,  जसबाट मांसपेशी बन्छ र शरीर मजबूत हुन्छ ।
९. छालामा र्यासेज अथवा चायाजस्ता समस्याका लाग मेथीको दानाको सेवन फाइदाजनक हुन्छ ।