धरान / जिल्ला समन्वय समिति सुनसरीले जिल्लामा भएका स्थानीय तहका जनप्रतिनीधिहरुलाई दुई दिने क्षमता विकास तालिम दिएको छ । शनिवार धरान उपमहनगर भित्रका जनप्रतिनीधी, वडा सचिवहरुसहितको १२० जनालाई तालिम प्रदान गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा समितिले १२ वटा विषयमा तालिम प्रदान गरेको जिल्ला समन्वय अधिकारी पुस्कर भट्टराईले जानकारी दिए ।
एनका अनुसार तालिममा संघीय शासन प्रणाली र तहगत अन्तरसम्बन्ध, वडाका पदाधिकारीहरुको काम कतव्र्य र अधिकार, योजना निर्माण, कार्यन्वयन, सुसासन, खरिवविक्रि प्रक्रिया, आर्थिक प्रशासन, जनताको दैनिक सिफारिसलगायत सम्बन्धिका बारेमा तालिममा जानकारी गराईएको थियो ।
तालिमको सहजिकरण धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहसचिव सुमन घिमिरे र इटहरी उपमहागनरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव छवि रिजाल र कोष तथा लेखा नियन्त्रण कार्यलयका बज्रमहोन कोईराला र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले जहजिकरण गरेका थिए ।
जिल्ला समन्वय अधिकारी भट्टराईका अनुसार मुलुकका ७५३ वटा स्थानीय तहहरुमा संघीय मामिला मन्त्रालयले तालिमका लागि बजेट छुट्याएको थियो । सुनसरीका १२ वटा तह मध्य ४ वटा बराह नपा, रामधुनी नपा, हरिनगरा गाउपालिका, गढी गाउँपाकिलामा मात्र कार्यक्रम गर्न बाँकी रहेको अन्यमा सम्पन्न भएको उनले बताए ।