धरान / इनरुवा नगरपालिका २ मा श्रीमानको लिङ्ग सानो भएको भन्दै श्रीमानसँग सम्बन्ध विच्छेद गरेकीछन् । छ महिना अघि मात्र विवहा भएको उक्त जोडीको सम्बन्ध समधुर भएर श्रीमतिको यौन चाहना पुरा गर्न नसेक पछि उनले श्रीमानलाई छाड्ने निर्णयमा पुगेकी हुन ।
ढिलो गरि प्राप्त समाचार अनुसार उनीहरुविच कुनै मनमुटा थिएन । श्रीमान्ले लाउन खान नदिएको भन्ने पनि गुनासो थिएन । श्रीमान्ले असाध्य माया पनि श्रीमतिलाई गर्ने गरेको स्थानीयवासीहरुले बताउदै आएका छन् । तर उनीहरु एक अर्कामा श्रीमतिको इच्चामा एक आपसमा अलग बस्ने निर्णयमा पुगेका छन् ।
यो मुद्धा नगरपालिकाको न्यायिक समितिसम्म पुग्यो । समितिले असार पहिलो साता दुवैलाई राखेर छलफल गराएर अलग बस्ने सल्लाहा समेत दिएको छ । २ नंं वडाका वडा सदस्य तथा न्यायिक समितिका सदस्य रञ्जेश भट्टराइका अनुसार कुनै लाउन खान समस्या छैन् । एक अर्कामा माया पनि पाईरहेको तर सँगै बस्दिन भन्दा हामी छक्क प¥यौ । निकै सम्झायौ पनि । तर कुरा अर्कै रहेछ । यौन इच्छा नै पुरा नभए पछि आफु श्रीमान्सँग सँगै बस्न नक्दिन भनिन । अलग बस्न हामीले सल्लाहा दिएका छौं ।
श्रीमानले आफुले श्रीमतीलाई कुनै दुःख नदिएको खान लाउन र माया ममतामा कुनै कमी नगरे बताउँदै आफु श्रीमतीलाई छाडने स्थिति नरहेको समितिमा बयान दिएका थिए । उनको दावीलाई उनकी श्रीमतीले पनि सत्य भएको भन्दै स्वीकार गरिन तर श्रीमतीले दुई जनाबीचको समबन्धका बारेमा अनौठो प्रकृतिको सवाललाई राखेको भट्टराईले बताए । विवाह भएको लामो समयसम्म आफु श्रीमानबाट यौन सन्तुष्टीको आशा राखेर घरजम गरेर बसे पनि श्रीमानले आफुलाई यौन सुखको अनुभुतिसमेत दिलाउन नसकेकाले कुण्ठा पालेर बस्नु भन्दा समाजलाई सुनाउनु जाती भनेर यहाँ आएको बताइकी थिईन ।
उनले न्यायीक समितिमा बताए अनुसार श्रीमानको लिङ्ग पुरुषमा हुुनु पर्ने भन्दा ज्यादै सानो भएको र यौन सम्पर्क समेत राख्न नसक्ने भएकाले आफुले श्रीमानसँग सम्बन्ध बिच्छेद गर्ने पक्षमा पुगेको तर्क राखेकी थिईन ।