धनकुटा / फरक क्षमताकी साहित्यकार झमक घिमिरेको ३८ औं जन्मोत्सव विहिबार एक कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
झमक घिमिरे साहित्य कला प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारी रहेका थिए ।
संस्थाका अध्यक्ष गोपाल गुरागाईले कार्यक्रममा ‘झमक घिमिरे कला साहित्य गन्तव्य धनकुटा’ शिर्षकका अवधारण पत्र समेत प्रस्तुत गरेका थिए । सभामुख भण्डारीले साहित्यकार घिमिरेलाई दीर्घायुगको शुभकामना दिदै अझ सशक्त कलम चलाउन शुभकामना दिएका थिए ।
कार्यक्रममा सभामुख भण्डारीले झमकलाई देशभरी चिनाउन, उहाँको दुःख सुःखमा साथ दिन योगदान दिने प्रतिष्ठानका सदस्य तथा अन्य महानुभावहरुलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, सगरमाथा आरोहि पत्रकार देउराली चाम्लिङ्ग, जिल्ला समन्वय समिति संयोजक टंक चौहान, कार्यवाहक नगर प्रमुख जंगबहादुर राईलगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा गोपाल भण्डारीद्वारा लिखित कविता संग्रह 'लटाेकाे बाटाे'समेत विमोचन गरिएको थियो ।