धरान / वुमन वर्थ गु्रप धरानले असार १५ राष्ट्रिय धान दिवस वाल विकास केन्द्रका वालवालिकाहरुसंग मनाएको छ । गु्रपले धरान १७ स्थित छाछा माचि वालविकास केन्द्रका वालवाकिाहरुसंग दहि चिउरा खाएर धान दिवस मनाएका हुन । विभिन्न सामाजिक कार्य गर्र्ने यद्धेश्यले २०७४ सालमा महिलाहरु द्धारा स्थापना गरिएको वुमन वर्थ गु्रप संस्थाले ‘एक महिना एक काम’ अभियान अन्तर्गत केन्द्रका वालवालिकाहरु संग धान दिवस मनाएको गु्रपका अध्यक्ष सुजता श्रेष्ठले जनाए । गु्रपले गत महिना धरान १ स्थित पुरानो हस्पिटलमा रहेको पुनस्थापना केन्द्रका वालवालिकालाई खाना खुवाएका थिए । असार १५ धान दिवसमा धान रोपेर हिलो खेल्दै दहि चिउरा खाएर मनाउने गरेको छ । सोहि कारण केन्द्रका वालवालिकालाई खाजा स्वरुप दहि चिउरा खुवाएर संगै धान दिवस मनाएको वुमन वर्थ गु्रपका उपाध्यक्ष उमा ताम्रकारले जनाए । २०५५ सालमा स्थापना भएको केन्द्रमा हाल १७ जना वालवालिकाहरु रहेको केन्द्रका संचालक मेनका परियारले जानकारी गराए ।