विराटनगर / सोलुखुम्बुको नेचासल्यानमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आज बिहान नेचासल्यानबाट काठमाण्डौं जादै गरेको को १ ज १८६० नम्बरको बोलेरो दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो । जिल्ला वन कार्यालय खोलुमा कार्यरत कमैचारी शिवकुमार यादवसहित ६ जनाको मृत्यु र्भएको प्रहरीले जनाएको छ । अन्यको प्रहरीले पहिचान गरिरहेको छ ।

दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । उनलाई उपचारको लागि मिनस अस्पताल ओखलढुंगा लगिएको छ । जीपमा ७ जना सवार रहेको प्रहरी इन्स्पेक्टर प्रधुम्न अधिकारले जानकारी दिए ।
सोलुदुधकुण्ड वडा ११ तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट बोलेरो करिब १ हजार मिटर तल खसेको बताइएको छ ।