झापा / ‘भोली फेरी आउछु आउदिन, तिम्लाई भेट्न पाउछु पाउदिन भन्दै नेपालबाट जापान प्रस्थान गरेका नव गायक नविन खतिवडाको ‘गाउँकी एउटी परी’ नामक गित सार्वजनिक भएको छ ।
इलामको सुर्योदय नगरपालिकामा जन्मिएर झापा बिर्तामोडलाई कर्मथलो बनाएका खतिवडा यस गितले यति बेला चर्चामा आएका छन् । उनले यो भन्दा अगाडी पनि ‘एउटा गित’ नामक भिडियो बनाएका थिए ।
शिर्ष गित युट्युव लगायत सामाजिक संजालमा पनि निकै नि हिट लिष्टमा छ । आफ्नो करियरमा देख्न थालेका खतिवडाले ‘गाउँकी एउटी परी’ म्युजिक नेपाल मार्फत सार्बजनिक गरेका छन् ।
उक्त गितलाई जीवन शाहीले निर्देशन गरेका छन् । भिडियोमा गाउँकी परीमा भद्रगोलबाट निकै नै चर्चा कमाएकी अर्थात जिग्रीको गर्लफ्रेण्डको भुमिकामा देखिने मोडल रक्षा श्रेष्ठ यसपाली जिग्रीलाई झुक्याएर गाउँकी परिको रुपमा फर्पिङ गएर झापाका मोडल सौरभ अधिकारीसंग अभिनय गरेकीछन् ।
सौरव र रक्षाको अभिनयले पनि भिडियोलाई आकर्षक बनाएको छ । करिब २ बर्ष देखि अभिनयमा छिरेका अधिकारीले एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरि सकेका छन् । उनले स्वरुपराज आचार्यको हिन्दी गितमा समेत अभिनय गरिसकेका छन । उक्त गित रिलिजको तयारीमा रहेको सौरभले जानकारी दिए । गाउँकी परीलाई क्यामेरामा उत्सब दाहालले कैद गरेका छन् । गितको शब्द, संगित गायक नबिन खतिवडाले नै गरेका हुन् । उक्त गित फर्पिङको बिभिन्न स्थानमा छाँयाङकन गरेको मोडल अधिकारीले जानकारी दिए ।

gauki pari