धरान / तामाङ जातिको थरहरु मध्येको सिंगर थरको प्रथम राष्ट्रिय भेला धरानमा सम्पन्न भएको छ । समाजसेवी एवम् राजनीतिज्ञ हर्कमान सिंगरको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलाले मछिन्द्र सिंगर (सुनसरी) को अध्यक्षतामा २३ सदस्यीय नेपाल सिंगर तामाङ समाजको केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको उपाध्यक्षमा देउवीर सिंगर (झापा), मणिकुमार सिंगर (सुनसरी), रामकुमार सिंगर (संखुवासभा), महासचिवमा रामकुमार सिंगर (सुनसरी), सचिवमा मानबहादुर सिंगर (मोरङ), मिङमार सिंगर (काभ्रे), अमर सिंगर (सिराहा) र कोषाध्यक्षमा गणेश सिंगर (सुनसरी) रहेका छन् । त्यसैगरी सदस्यहरुमा शान्ति योञ्जन सिंगर (मोरङ), गंगा स्याङ्दन सिंगर, सिता योञ्जन सिंगर (सुनसरी), धनबहादुर सिंगर (मोरङ), महेश सिंगर (भोजपुर), लक्ष्मी सिंगर (भोजपुर), प्रेमबहादुर सिंगर (भोजपुर), जयबहादुर सिंगर (सुनसरी), लालविर सिंगर (पांचथर), रामबहादुर सिंगर (सुनसरी), महेन्द्र सिंगर (सुनसरी), श्याम सिंगर (भोजपुर) रहेका छन् । रिक्त २ सदस्य पछि मनोनित गरिने भएको छ भने सल्लाहकारहरुमा रामबहादुर सिंगर (भोजपुर), राम सिंगर (भोजपुर), नन्दी ग्लान सिंगर (सुनसरी) र बुद्धिमान सिंगर (भोजपुर) रहेका छन् । भेलाले संयोजक दीपबहादुर सिंगर, सदस्यहरु मछिन्द्र सिंगर, बुद्धिमान सिंगर, देउवीर सिंगर, रामबहादुर सिंगर, रामकुमार सिंगर, छवि सिंगर र सदस्य–सचिव मणिकुमार सिंगर रहेको सिंगर बंशावली निर्माण समिति समेत गठन गरेको छ ।
समाजको नव गठित कार्यसमितिले नेपाल सिंगर तामाङ समाजको विधान निर्माण गर्ने, दर्ता गर्ने, भातृ संस्थाको रुपमा महिला, यूवा, संस्कृति र ताम्वाको संगठन निर्माण गर्ने र नयां विधान बमोजिम समाजको महाधिवेशन गर्ने बताइएको छ ।
भेलामा प्रमुख अतिथि सुजेन्द्र गोले, नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज पाख्रिन, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान, इलाका वन कार्यालय धरानका प्रमुख ज्ञानकुमार थिङ, वृटिश वेल्फेयर तेह«थुमका प्रमुख प्रेमकुमार तामाङ, ङ्यूने लाखाङ गुम्वा, धरान १५ का अध्यक्ष लोकबहादुर थिङ, लक्ष्मीमार्ग गुम्बा, मोरङका अध्यक्ष शर्मिला मोक्तान, कृषि विकास बैंक इटहरीका प्रबन्धक रमेशकुमार ङरदेन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य मणि सिंगर र कार्यक्रम सञ्चालन दिपबहादुर सिंगर र अर्जुन सिंगरले गरेका थिए । भेलामा तामाङ संस्कृति झल्किने गीत तथा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।