धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनदिनको नवजात शिशुमा देखिएको दुलर्भ रोगको सफल सल्यक्रिया भएको छ । जन्मदै श्वास नली पूर्ण रुपमा विकास भए पनि खानाको नली फोक्सोमा जोडिएको अवस्थामामा रहेको बच्चाको सफल सल्यक्रिया गरिएको प्रतिष्ठानका बच्चा विभागका डा. राजेशप्रसाद साहले जानकारी दिए ।
साहका अनुसार यस्तो समस्यालाई ‘ट्राक्यो इसोफेजियल फिष्टुला’ भनिन्छ । प्रतिष्ठानका बच्चा विभागका सर्जन डा. साहको टोलीले चारघण्टा लगाएर फिष्टुलालको सफल सल्यक्रिया गरेको हो । यो रोगबाट ९५ प्रतिशत बच्चाहरु मृत्युको जोखिममा पर्ने गरेका छन् । पाँच प्रतिशत बच्चाहरु मात्रै सल्यक्रियापछि बाँच्न सक्ने सम्भावना रहने हुन्छ । उनका अनुसार यो ४ हजार नवजात शिशुमध्ये एक शिशुमा यस्तो समस्या देखिने गरेको अध्ययनले देखाएको छ । गत जेठ २५ गते प्रतिष्ठानमै जन्मीएको शिशुले आमाको दुध चुसाउने क्रममा ‘बमिटिङ’ गरेपछि ट्राक्यो इसोफेजियल फिष्टुला’ पत्ता लागेको सर्जन साहले बताए ।
चौदण्डी नगरपालिका–७ बेल्टारका रजिन राईकोे पहिलो सन्तानलाई अपरेसनको १२ दिनसम्म डा. साहको नेतृत्वले निगरानी राखेर सोमबार घर पठाइएको छ । परिवारलाई सातादिनपछि चेकअपको लागि बोलाइएको छ । हाल बच्चा स्वास्थ्य रहेको छ । देश भर १३ जना वाल सर्जन रहेका छन् । ती मध्य मोफसलमा रहेर काम गर्ने साह एक मात्र बाल सर्जन हुन ।
काठमाण्डौको बालकान्ति अस्पतालमा यस्तो रोगको १० वटा विमारी मध्य ८ वटाको सफल सल्यक्रिया भएको सर्जन साहले बताए । पूर्वमा उनी एक्ला बाल सर्जन हुन ।
खाने नली पूर्ण रुपमा विकास नहुँदा खाना फोक्सोमा गई निमोनिया भएर तत्कालै शिशुको मृत्युसम्म हुने गरेको छ । बीपी प्रतिष्ठानमा ‘ट्राक्योइसोफेजिल फिष्टुला’ पहिलो विमारी भएको प्रतिष्ठानले जनाएको छ ।

oparetion

36259879_1693566894072001_5134331186994216960_n