• अन्सार अन्सारी

भुटाहा / सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ र २ मा एकीकृत सम्पत्तिकर सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । हरिनगर गाउँपालिकाको कार्यालय सुनसरीको आयोजना र हरिनगर गाउँपालिका वडा नम्बर १ र २ को कार्यालयको सहकार्यमा एक दिने एकीकृत सम्पत्तिकर सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको हो । सो अभिमुखिकरण तालिममा प्रमुख अतिथि हरिनगर गाउँकार्यपालिकाका सदस्य सुशील ठाकुर रहेका थिए । कार्यक्रममा वडा नम्बर १ को वडा अध्यक्ष अब्दुल लतिफ अन्सारी , वडा १ र २ को सचिव बाबुराम भट्टराई र लिलानाथ कोइराला ,वडा सदस्यहरु, स्थानीयबासीहरुलगायतको उपस्तिथिरहेको थियो । सो एकीकृत सम्पत्तिकर सम्बन्धि अभिमुखिकरण तालिमको प्रशिक्षक इनरुवा नगरपालिकाको सूचना प्रविधि अधिकृत इन्जीनियर निरज पोखरेल र हरिनगर गाउँपालिकाका कर्मचारी टोपेन्द्र लिम्बु, रमेशकुमारले दिएका थिए । तालिममा ६०जना स्थानीयबासिको सहभागिता रहेको थियो । वडा नम्बर २ को वडा अध्यक्ष युनुस मियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।