धरान / स्कुल हेल्थ कार्यक्रम अन्तर्गत धरानको विपी कोईराला स्वास्थ्य विञान प्रतिष्ठान एमएसी नसिंङ २०१६ व्याचले मंगलबार स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विद्यालयको बाल बच्चाहरुको स्वास्थ्यलाई ख्याल गरि धरान–११ स्थित अनन्त शिक्षा ज्योती आधारभूत विद्यालयमा शिविर संचालन गरिएको हो ।
शिविरमा एक सय ११ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको प्रतिष्ठानकी नर्स सविका मुनिकारले जानकारी दिईन । प्रतिष्ठानमा  सामुदायिक स्वास्थ्य, बाल स्वस्थ्य र मानसिक स्वास्थ्य संकाय एमएसी नर्सिङ दोश्रो बर्षका विद्यार्थीहरुको सकृयतामा शिविर गरिएको हो ।
उक्त शिविर प्रतिष्ठानका जेनेरल फिजिसियन डा. रुपक भण्डारी, डा. अर्जुन भ्टलगायत चिकित्सक तथा नर्सहरुको टोली पुगेको थियो । शिविरमा अधिकांश बालबालिकाहरुमा छालाको समस्या देखिएको शिविरमा संलग्न नर्स सविका मुनिकारले जानकारी दिईन । समस्या भएका बालबालिकाहरुका लागि एन्टीवाईटिक औषधी भने । धरान उपमहानगरपालिकाले उपलब्द गराएको थियो । उनका अनुसार दाँतको समस्या १० जनालाई, रुघा खोकी १० जनालाई छालाको गम्भीर समस्या १० जनालाई बाँकी सबैलाई जुकाको औषधी समेत वितरण गरिएको मुनिकारले बताईन ।

35629092_1871343409571115_4850652058837057536_n

35629350_1921982414486806_8152141359973662720_n

35653538_2111421102205811_7071504691829407744_n