धरान / मेरुदण्ड भाचिएर लामो समयदेखि थलिएका मजदुर पुण्य प्याकु्रेलको घर निर्माणका लागि धरानका केही मनकारी व्यक्तिहरुले आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेका छन् । धरानका मजदुर नेता तथा पत्रकाररुले अभियान सुरु गरेका हुन । धरान १५ स्थित महादेव चोक निवासी ३४ वर्षिय प्याकु्रेलका लागि भान्छा कोठा, शौचालय तथा दुईवटा कोठासहितको घर निर्माणका लागि अभियान थालेका हुन् ।
२९ महिना अघि सडक दुर्घटनामा परि मेरुदण्ड भाचिएर जिवनमरणको दोसाधमा रहेका प्याकु्रेल आफन्तकोमा आश्रय लिएर बसेका छन् । श्रीमती, एक छोरी र एक छोरा रहेका उनको कम्मरमुनीको भाग चल्दैन, उनी सिधा बस्न समेत सक्दैनन्, दिशा पिशाव समेत ओछ्यानमै गर्नु पर्ने अवस्था रहेको छ । आर्थिक विपन्नताले उनले आफ्नै घरमा बस्न सकेका छैनन् ।
महादेव चोक नजिकै रहेको उनको ५ धुर जग्गामा विभिन्न दाताहरुको सहयोगमा मजदुर नेता तथा पत्रकारहरुले घर बनाईदिन अभियान थालेका हुन् । मंसिर २२ गते घर निर्माणका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुनसरी अध्यक्ष कमल भट्टराईको संयोजकत्वमा समितिनै निर्माण गरेर अभियान सञ्चालन गरिएको छ । घर निर्माणका लागि प्राविधिकले ज्याला बाहेक चार लाख एक सयको वजेट निर्माण गरिदिएपछि आर्थिक सहयोगका लागि समुह क्रियाशिल रहेको छ ।
समितिले हालसम्म करिव साढे दुईलाख बराबरको नगत तथा जिन्सी सामान संकलन गरिसकेको घर निर्माण अभियानका सल्लाहाकार तथा अभियान्ता भीम ज्वाला राईले जानकारी दिए । उनका अनुसार खांदबारीका सन्तोष राईले जस्तापाताका लागि ३५ हजार, केके ईन्टरनेशनल स्कुलका अध्यक्ष तथा ईन्जीनीयर प्रविन अग्रवालले नगद २१ हजार, धरानका उद्योगी पवन अग्रवालले २१ हजार, समाजसेवी जिबि खड्काले २० हजार बरावरको वालुवा, हिमाल राई मार्फत ईसाई समाजबाट ६० हजार बरावरको ईटा, मनकामना हार्डवेयरका प्रोप्राईटर नविन राजभण्डारीबाट २० बोरा सिमेन्ट, हस्त श्रेष्ठबाट १० हजार प्राप्त भएको छ ।
त्यस्तै यज्ञ प्रसाईबाट १० हजार, कमल काफ्ले, डिकवहादुर मगर, नरेश मगर, जिज्ञासु प्याकुरेल तथा स्वर्गिय खड्गवहादुर कार्कीबाट जनही ५ हजारका दरले सहयोग प्राप्त गरिएको समितिका संयोजक कमल भटराईले बताए ।
त्यस्तै हिमाल दाहाल र बादल भटराईबाट १३ हजार, सुनिल पाख्रिनबाट ३ हजार पांच, नेत्र काफ्लेबाट ३ हजार ७ सय ५०, सुक तुम्रोक बाट ३ हजार, प्रहरी निरिक्षक होमराज दाहालबाट २५ सय, महालक्ष्मी ईलेक्टोनिक्सबाट एक थाल फ्रिज र एक थान टेलीभिजन, पत्रकार उपेन्द्र चाम्लिंग राईबाट ११ हजार र गोपि खतिवडाबाट पांच सय सहयोग प्रदान गरिएको छ ।
समितिले उनको घर बनाउन सहयोगी दाताहरुलाई सहयोग गर्न समेत आव्हान गरेको छ ।