धरान / धराने होस वा धरान घुम्न आउने आन्तरिक पर्यटन होस जो कोहिको मुखमा आउने ठाउँको नाममा पर्दछ वगरकोट । काठमाण्डाको ठमेल बजार जस्तै यो स्थान पनि रात्रीकालिन मनोरञ्जनको लागि प्रदेश १ मा नै चर्चित वन्दै गइरहेको छ । धराने कालो वंगुरको सेकुवाले चर्चित भइरहेको वगरकोट अहिले रात्रिकालिन मनोरञ्जनको गन्तव्य वन्दै गइरहको छ । यसैलाई नै मध्यनजर गरेर वगरकोटमा विभिन्न वार, रेष्टुरेन्ट, खाजा घर, डिपार्टमेन्ट स्टोरलगायत खुल्ने क्रम वढदो छ ।
धरानको आन्तरिक पर्यटनको केन्द्र वन्दै गइरहेको वगरकोटमा भर्खरै मात्र धराने युवाहरुद्धारा वुमरेङ किचन एण्ड लाउन्ज संचालनमा आएको छ । परिक्षणकालको रुपमा संचालन थालेको वुमरेङमा हरेक साँझ स्थानिय व्याण्डको लाइभ म्युजिक तथा डिजे सेसन रहने गरेको छ । वुमरेङ किचेनमा आउने ग्राहकहरुको थप मनोरञ्जनको लागि हरेक महिना राष्ट्रिय कलाकारको प्रस्तुति रहने वुमरेङका संचालक सदस्य डिजे वावाले जनाए । संचालनमा आएको करिव एक महिना भएको अवसरमा वुधवार नेपालको चर्चित कलाकार सुवानि मोक्तानको प्रस्तुति रहयो । सुवानिले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । उनले कति रिसाउछौ..... र मन नाचिदिन्छ.... वोलका दुई वटा आप्mनो गित गाएका थिए भने पाच वटा कभर गित गाएका थिए । उनलाई युगेस लिम्वु एण्ड व्याण्डले साथ दिएका थिए ।
धरानका चार जना युवाहरु डिजे ललित, डिजे वावा, युवा व्यवसायी दिनेश भुजेल र श्याम श्रेष्ठले करिव ६० लाख रुपैया लगानिमा वुमरेङ संचालन गरेको संचालक सदस्य डिजे ललितले जनाए । वगरकोटमा लाउन्ज सहितको किचन एण्ड वार पहिलो भएको डिजे ललित वताउछन । अहिले अझ राम्रो व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर योजनामा नै छौ । यहि असारमा औपचारिक रुपमै भव्य उद्घाटन गर्ने सोच रहेको संचालकले जनाए । हरेक दिन स्थानिय व्याण्डको लाइभ म्युजिक सहित प्रस्तुति हुनेछ । हामी उनीहरुलाई पारिश्रमिक दिएर मात्र वोलाउछौ । जसले गर्दा स्थानिय कलाकारहरुलाई प्लेटफर्म वन्नुका साथै व्यवसायिक पनि वन्दै जाने अर्का संचालक सदस्य दिनेश भुजेलले जनाए । वुमरेङमा अहिले २० जनालाई रोजगारी मिलेको पनि भुजेलले जनाए ।
तस्विर ः विकास चाम्लिङ राई,