काठमाडौं / प्रतिनिधि र प्रदेशसभा दुवैको मतगणना सकिएको छ । समानुपातिकतर्फको भने मतगणना जारी छ । अन्तिम परिणाम आउन अझै दुई–चारदिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये एमालेले ८० सिट जितेको छ भने दोस्रोमा रहेको माओवादी केन्द्रले ३६ स्थान जितेको छ । त्यस्तै, कांग्रेसले २३ स्थान जित्दा मधेसवादीहरूले २१ स्थानमा जित हासिल गरेकाे छ । 

संघीय समाजवादी फोरमले ११ स्थानमा जित हासिल गरेको छ भने राष्ट्रिय जनता पार्टी नेपाल १० स्थानमा निर्वाचित भएको छ । राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १, नयाँ शक्ति, नेपालले १ र स्वतन्त्रले १ स्थानमा जित हासिल गरेका छन् ।

प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेको ५६ प्रतिशत

प्रदेशसभामा प्रत्यक्षतर्फ एमाले एक्लैले ५६ प्रतिशत जित हासिल गरेको छ । कुल ३३० सिटमा एमालेले १८६ स्थानमा जित हासिल गरेको हो । माओवादी केन्द्रले ७३ र 
कांग्रेसले ४१ स्थान जितेर प्रदेशसभामा पनि तेस्रो भएको छ ।

मधेसवादी दलमध्ये संघीय समाजवादी फोरम, नेपाल २४ स्थानमा विजयी हुँदा राष्ट्रिय जनता पार्टी १६ र अन्य ८ स्थानमा विजयी भएका छन् ।

विजयी उमेदवारहरूको सूची हेर्न यहाँ  क्लिक गर्नु हाेला ।