धरान / तराईमा अत्याधिक गर्मी बढेको कारण बच्चा तथा वृद्धावृद्धा अनेक रोगहरुको संक्रमणबाट बिरामी भए पछि अस्तपालमा विमारीहरुको चाप बढेको छ ।
गर्मीका कारण धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको चाप बढ्ेको प्रतिष्ठानले जनाएको छ ।
अत्याधिक गर्मीका कारण छाला सम्बन्धी विभिन्न समस्या आएपछि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला तथा यौन रोग विभागमा उपचार गराउनेको भीड लागेको छ । छालाको रोगसंगै गर्मीका कारण बच्चाहरुलाई ज्वरो, बमिट तथा झाडा पखालाबाट प्रभावितहरुको भीड भएको वाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहले जानकारी दिए । वृद्धवृद्धाहरुलाई खुट्टाको घुडा दुख्ने तथा श्वास प्रश्वासको समस्या हुनेहरुको चाप छ ।
सम्पूर्ण विरामीको ५० प्रतिशत भन्दा बढी विरामीहरु बालबच्चा र वृद्धवृद्धा रहेका्े प्रतिष्ठान प्रसासनले जनाएको छ । अन्य समयमा दैनिक २ हजार सम्म बिरामी आउने गरेको प्रतिष्ठानमा अहिले ३ हजार सम्म बिरामीहरु आउने गरेको प्रतिष्ठानका बिल काण्टरका कर्मचारी धमेन्द्र राजवंशीले जानकारी दिए । उनका अनुसार बालबालिका, वृद्धवृद्धा र छालाको रोग लिएर बिरामी बढि विल कटाएको बताइएको छ ।
गर्मीमा मिसावट युक्त खानपिन र घामको तापले गर्दा विभिन्न रोगको संक्रामण देखिने गरेको छ । गर्मीका दुषित पानी, अनावश्यक चिसो पेयपदार्थ, बजारका सडकमा राखिएका जथाभावि खानेकुराले बढी समस्या बनाउने डा. सिंहले बताए । गर्मीका समयमा बृद्धाबृद्धा र बच्चा बच्चाको स्वाथ्यमा बढी ध्यान दिनुपर्ने उनको भनाई छ । गर्मीको समयमा पानीलाई शुद्ध बनाएर पिउने र बासी खानेकुराहरु खान नहुन, सडकका खानेकुरा नखाने उनले सुझाएका छन् ।
क्षमता भन्दा बढि विमारीको चापले उपचारमा नै समस्या हुने गरेको चिकित्सकहरुले जनाएका छन् । डा. सिंहका अनुसार वाल विभागमा यस अघि १ सय ५० विमारी उपचार गर्न आउने गरेका थिए तर पछिल्लो समय २ सय ५० भन्दा बढि रहेको छ । समान्य रोगका विमारीहरु समेत जिल्ला अस्पतालनमा नगई प्रतिष्ठान आउनेक्रमले विपी प्रतिष्ठानमा विमारीको भीड हुने गरेको छ ।