धरान / सिल्भर इन्टरटेनमेन्टले बुधबार धरानको बराह किचेनमा आयोजित एक समारोहको आयोजना गरि चेसुंग वाइनको सहकार्यमा यो बर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । मिस पूर्वाञ्चल  २०१७ रुबी लिम्बु , फर्स्ट रनर अप सिमरन श्रेष्ठ , सेकेन्ड रनर अप अनु ढुंगाना , मिस क्याटवाक  एस्तर तामांग ,  मिस धरान बिपना श्रेष्ठ संगै तिनजूरे वाइन इन्डस्ट्रिजका बोर्ड अफ डाईरेक्टर  प्रकाश कुमार श्रेष्ठ  , बराह ग्रुपका  प्रमुख प्रशाशकिय अधिकृत गंगा कालिकोटे , सिल्भर इन्टरटेनमेन्टका अध्यक्ष दिपक बनेपाली र प्रोमोटर राजेन्द्र गुरुंगले संयुक्त रुपमा चेसुंग वाइन क्यालेन्डर २०७५ बि . स . लोकाप्रण गरेका थिए ।

हरेक बर्ष झैँ मिस पुर्वान्चल २०१७ का बिजेता –उपविजेताहरु को फोटो शुट गरि निकालिने आकर्षक क्यालेन्डरमा यसपाली मिस पुर्वान्चल २०१७ रुबी लिम्बु , फर्स्ट रनर अप सिमरन श्रेष्ठ , सेकेन्ड रनर अप अनु ढुंगाना , मिस क्याटवाक  एस्तर तामांग साथै  मिस धरान बिपना श्रेष्ठ , मिस दमक  जोयना लिम्बु को आकर्षक फोटोहरु समावेश गरिएको छ । मुन्धुम बुटिक एंड मेख्ली हाउसकि फेशन डिजाइनर मुनु मिभकको विभिन्न डिजाइनर पोशाकमा  निसुन्ग्मा ब्युटी सोलुसनको मेकअप र   पुराना ग्ल्यामर फोटोग्राफर बिसप ताम्राकाको फोटोग्राफी क्यालेन्डरमा समावेश फोटोहरुमा रहेका छन् । सन् २०१० देखि मिस पुर्वान्चल को आयोजना गरिरहेको सिल्भर इन्टरटेन्मेंटले बि .स. २०७० देखि बिभिन्न कम्पनिहरुसंगको सहकार्यमा  हरेक बर्ष क्यालेन्डर प्रकाशन गरिरहेको छ ।