वि.सं. २०७५ साल वैशाख २२ गते। शनिबार। इश्वी सन् २०१८ मे ५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– पञ्चमी, १२:०४ बजेउप्रान्त षष्ठी। नक्षत्र– पूर्वाषाढा, २४:२३ बजेउप्रान्त उत्तराषाढा। योग– सिद्ध, १०:१५ बजेउप्रान्त साध्य। करण– तैतिल, १२:०४ बजेदेखि गर, २५:०५ बजेउप्रान्त वणिज। आनन्दादिमा मातंग योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:२४ बजे, सूर्यास्त– १८:३९ बजे र दिनमान ३३ घडी ०८ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । जोश जाँगर वढ्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको अवसर मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । नयाँ काम वा रोजगार पाईनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्नेछ । फलदायी यात्रा हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । महिला मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चोटपटकको भयछ सचेत रहनुहोला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा दुविधा उत्पन्न हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मुद्धा मामिला लाग्न सक्छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आँटेको काम विग्रिएला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । आँटेको काम विग्रिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ काम वा रोजगार पाईनेछ । वोलीको भरमा कार्य सम्पादन हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । प्रेम प्रस्तावपनि आउन सक्नेछ । - ज्यो.प. नारायण प्रसाद दुलाल