• डा.अरुणकुमार सिंह
 
गर्मी महिनामा गर्मी सबै मानिसलाई हुन्छ । यो प्राकृतिक र स्वाभाविक पनि छ । गर्मी का दिनमा मानिसहरुलाई गर्मीको अनुभव हुनु एकदम प्राकृतिक कुरा हो । गर्मीमा शरिरबाट पसिना निस्कनु एक सामान्य समस्या हो । कसै कसैलाई जाडा महिनामा पनि सामान्य हिडाइमा पसिना निस्कने गर्छ ।
मानिसको शरीरमा २० देखि ४० लाखसम्म पसिनाका ग्रन्थीहरु हुन्छन् । 
पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ। यो ग्रन्धिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो। छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र यही नै हो पसिना। सामान्यतया महिलाको दाजोमा पुरुष हरूमा धेरै पसिना आउछ |
कसरी आउँछ पसिना?
पसिना आउनुका विभिन्न कारण छन्। खास गरेर छालाको श्वत ग्रन्थीहरू शरीरको भित्री भागमा, हत्केलामा र खुट्टाको पैतालामुनीतिर बढी मात्रामा हुन्छन्। ती श्वत ग्रन्थिहरू सक्रिय भएपछि बढी पसिना निस्कन्छ। यसरी निस्केको पसिना वाष्पीकरण भएर जान नसकेमा गन्ध आउन थाल्छ र विभिन्न समस्या देखा पर्दछन्।
 किन गनाउँछ पसिना ? 
शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ । धेरै पसिनाले छालाको यो पत्रलाई ओसिलो बनाउँछ । ओसिलो ठाउँमा ब्याक्टेरियाले हुर्कने अनुकुल वातावरण पाउने हुनाले त्यस ठाउँमा दुर्गन्ध बढी हुन्छ । यसकारण पनि यस्ता अंगहरुमा बढी सरसफाईमा ध्यान दिनुपर्छ ।
पसिनाबाट बच्ने केही उपायहरू;
 
-गर्मी दिनहरुमा यो कुरालाई सधै ध्यानमा राख्नुस् कि तपाईको अन्डरगार्मेन्ट सुति वा मुलायम हुनुपर्छ ।
 
-लुगा फेर्नासाथ पट्टाएर नराख्ने किनकि पसिना गुम्सिएर लुगा गन्हाउन सक्दछ ।
 
 -आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने तपाइले पहिरिने यो अन्डरगार्मेन्ट साइजभन्दा धेरै टाइट नहोस् ।
 
- सफा अन्डरगार्मेन्टस मात्र पहिरिनुस् । आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने अंडरगार्मेन्टसलाई घाममा सुकाएर मात्र लगाउनुस् ।
 
-घर बाहिर निस्कदा पर परफुम  बडी स्प्रेको प्रयोग गर्ने ।
 
-पसिनाको दुर्गन्धबाट बचाउन  शरिरको अन्डरआर्मस र अन्य भागहरुको नचाहेको रौँहरुलाई हटाइदिने !
       
बदलिरहेको मौसममा यदि तपाई को बाल बालिका को कुनै समस्या भएमा समयमा डाक्टरसँग सल्लाह लिनु पर्छ । बाल बालिका मा बदलिरहेको मौसममा बचाउनु पर्छ !
बालरोग विशेषज्ञ
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान. धरान