धरान / पूर्वको सबैभन्दा नजिकको  प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको भेडेटारमा  आगामी नयाँ बर्ष २०७५ सालको पहिलो दिन अर्थात् बैसाख १ गते मनाउन आउनुहुनेहरुलाई मनोरंजन प्रदान गर्न स्थानीय पाथिभरा कल्ब ,भेडेटारको आयोजना तथा होटल एसोसियन भेडेटारको व्यवस्थापन तथा नेपाल आइस नेचुराको प्रायोजनमा ”नेपालआइस नयाँ बर्ष २०७५ भेडेटारमा“ कार्यकर्म आयोजना हुने भएको छ ।

“ हरेक बर्ष झैँ यो बर्ष पनि उल्लासमय रुपमा नयाँ बर्ष मनाउन बैसाख १ गते शनिबार भेडेटार जाओं “ भन्ने नाराका साथ नयाँ बर्ष २०७५ भेडेटारमा कार्यकर्म भेडेटारमा आउनुहुने पर्यटक हरुको लागि बिशेष रुपमा आयोजना गरिन लागेको हो ।

बिहान देखि साँझ सम्म चल्ने कार्यकर्ममा स्थानीय गरिमा डान्स सेन्टर ,गोल्डन नेपाल आइडलका फाइनालिस्ट अमित , मिलन , सुजन संगै चर्चित गायक बिनोद खम्बुको बिशेष प्रस्तुति रहनेछ भने स्थानीय चर्चित डिजे बिशालले  आफ्नो  डिजेइंगको तालमा आगन्तुकहरुलाई मनोरंजन दिलाउनेछन ।

हरेक बर्ष हजारौको संख्यामा आउनुहुने पर्यटक  यो बर्ष पनि उल्लेखनीय रुपमा बढ्ने होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईले बताए ।