• डा. अरूणकुमार सिंह

आज क्षयरोग दिवस हो मार्च २४ को दिन...!!विश्वभरी प्रत्येक वर्ष २४ मार्चका दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको छ । यसबर्षको नारा “सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता”आज क्षयरोग दिवस हो मार्च २४ को दिन...!!विश्वभरी प्रत्येक वर्ष २४ मार्चका दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको छ । यसबर्षको नारा “सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता” भन्ने रहेको छ ।

 

क्षयरोग वा टिबी

ट्युबरक्युलोसिस संक्रामक रोग हो। क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावा सँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन् । यो जीवाणु सन् १८८२ मार्च २४  मा रोबर्ट कोचले पत्ता लगाएका हुन्छ ! क्षयरोग  माइक्रोव्याक्रियम ट्युबर्कुलोसिस् नामक किटाणुबाट लाग्ने गर्दछ । हेर्दा सामान्य लागे पनि क्षयरोगको बेलैमा उपचार नभए ज्यानै जाने खतरा हुन्छ । नेपालमा वर्षेनी क्षयरोगका कारण धेरैको मृत्यु हुने गरेको छ । बालबालिका जन्मेको ४५ दिनभित्र बिसिजी खोप अनिवार्य लगाउने !              

क्षयरोगको संक्रमण  : 

क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको शरिरमा प्रवेश गरेपछि संक्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिना देखि एक वर्ष सम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् । तर सामान्यतया ६ महिना देखि एक वर्ष सम्मको समयलाइ झ्याली समयको रुपमा लिने गरिन्छ । यो रोगका जीवाणुहरुले उत्पादन गर्ने एक प्रकारको विष टूबेरकुलिन  को कारणले सरिरका कोषहरु को क्षय हुन जान्छ फलतः रोगका लक्षण देखिन थाल्छन् ।

क्षयरोगको  रोगका लक्षण : 

-लामो अवधिको खोकी, 

-खकारमा रगत देखा पर्नु, 

-साँझपख ज्वरो आउनु, 

-राति सुतेको बेलामा पसिना आउनु 

-तौल घट्दै जानु 

-अन्य अङ्गहरूको संक्रमण अन्य धेरै लक्षणहरू पनि देखापर्छन्।

क्षयरोगको  रोगका उपचार के हो ?

 

-क्षयरोगको पहिचान साधारणतया छातिको एक्सरे

- सुक्ष्म परीक्षण तथा शरीरका तरल पदार्थहरूको सुक्ष्मजैविक अनुसन्धान (माइक्रोबायोलोजिकल कल्चर) गर्ने गरिन्छ। त्यस्तै ट्युबरकुलिन स्किन टेस्ट र/वा रगत परीक्षण गरेर  क्षयरोगको पहिचान गरिन्छ।

         आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धूमपान नगर्ने, हरियो सागपात, फलफूल, माछा–मासु प्रशस्त खाने, पोषिलो तरल खानाहरु सेवन गर्ने गर्नुपर्दछ । लाक्षणिक उपचार जस्तोस् खोकीको लागि औषधि, ज्वरो र दुखाइको लागि औषधिलगायत लक्षणअनुसार उपचार गर्दै लैजानुपर्दछ । प्रमुख उपचारमा एन्टी ट्युबरकुलर उपचार (एटीटी) डट्स विधिद्ववारा गर्ने सुविधा स्वास्थ्य संस्थामा निस्शुल्क उपलब्ध छन् । यी सबै उपचार तालिमप्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गर्नुपर्दछ ।पूर्ण उपचार नै क्षयरोगको सही उपचार पनि हो । 

Dr.Arun Kumar Singh

B.Sc,MBBS(KEMC),MD Paediatics Medicine(KEMU)

Paedatrician & Neonatologist