हङकङ  /  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) हङकङ अन्तर्गतको युथ फाेरमको आयोजनामा हङकङमा  बृहत् रक्तदान कार्यक्रम  सम्पन्न भएको छ।

“रक्तदान गरौं, जीवन बचाऔं” भन्ने नारासहित आयोजित कार्यक्रममा HKRCBTS को प्राविधिक सहयोग रहेको थियो। सामाजिक सेवामार्फत मानव जीवन बचाउन योगदान पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक मनोज गौतमका अनुसार  ४५ जनाले  रक्तदान गरेका छन् । वाँकी रहनु भएकालाई मे २४ मा  रक्तदान गराउने तयारी गरिएको छ।  रगत अभावलाई टार्न रक्तदान गरिएकाे आयाेजकले जनाएकाे छ । 

कार्यक्रममा NRNA-NCC हङकङका अध्यक्ष अनु राई, उपाध्यक्ष कविता गुरुङ, युवा संयोजक मनोज गौतम, हङकङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, द नेपाली एसोसियसन हङकङका अध्यक्ष प्रदीप थापा, हङकङ नेपाली महासंघकी पूर्व अध्यक्ष रिता गुरुङ तथा NRNA-ICC की उपाध्यक्ष राधिका गुरुङ (टीका) लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


hk blood Donation 1