धरान / प्रथम मिसेस स्टेट १, २०१८ को ताज भरौलकी सम्झना विकले उपाधी जीतेकी छन् । वुमन वर्थ गु्रपको आयोजनामा विवाहित महिलाहरुले मात्र भाग लिन पाइने प्रतिस्पर्धाको शनिवार राती सम्पन्न फाइनल चरणमा ३४ जना प्रतिस्पर्धिहरुलाई पछि पार्दै संम्झनाले मिसेस वेस्ट स्माइलको उपाधिसंगै मिसेस स्टेट १ को ताज आफ्नो वनाउन सफल भईन । उनले नगद एक लाख पनि हात पारेकी छन् ।
पहिलो चरणमा ३५ जना प्रतिस्पर्धिवाट टप १२ मा पर्न सफल हुदै फाइनल चरणमा ६ जना प्रतिस्पर्धिवाट पाँचजनालाई पछि पार्दै ताज आफ्नो पोल्टामा पार्न संम्झना सफल भएकी हुन । उनले फाइनल चरणमा कानुन कार्की, निरा विक, टंक गुरुङ्ग, सकुन्तला त्रिखत्रि र सुसिला तामाङलाई पछि पार्दै उपाधि हात पारेकी हुन ।
कार्यक्रमका प्रमुख निर्णायक पूर्व मिस नेपाल सुगारिका केसि र कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगर पालिकाका उपमेयर मञ्जु भण्डारीले ताज तथा पुरस्कार वितरण गरेका थिए ।
त्यस्तै इटहरीकी कानुन कार्कीेले एलजि मिसेस वेस्ट पर्सोनालिटिको उपाधिसंगै फस्ट रनरअप र इटहरीकै निरा विकले हिङ्वा मिसेस ट्यालेन्टको उपाधिको साथमा सेकेन्ड रनरअपको उपाधि जितेकि छन । कानुनले नगद ५० हजार रुपैया, र निराले नगद २५ हजार रुपैया , ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको टाइटल उपाधिमा स्वर्ण मिसेस फोटोजनिकको उपाधि आस्मा विक, वराह मिसेस क्याटवक रेखा राई, रिलायवल मिसेस डिसिप्लिन प्रतिमा श्रेष्ठ, क्विन मिसेस व्युटिफुल रस्मि ताम्रकार, मिसेस फ्रेन्डसिप मन्जु लावति र मिसेस एक्टिभ टंक गुरुङ्गले जितेका थिए ।