धरान / धरानको शिवजी चोकमा वि.सं. २०३२ सालमा जन्मिनु भएका दीपेन्द्र राई यतिबेला हङ्कङमा बसेर नेपाली कलालाई विश्वसामु चिनाइरहनु भएको छ । सामान्य डटपेनलाई असाधारण कलाको माध्यम बनाएका राईको जीवनयात्रा सङ्घर्ष, साधना र सफलताको प्रेरणादायी कथा हो । रोजगारको सिलसिलामा हङ्कङ पुग्नु भएका उहाँले आफ्नो देशमा कलाकारिता फैलाउन नपाएकोमा भने चिन्ता व्यक्त गरेका छन् ।
२०५० सालमा काठमाडौंको लिटिल एन्जल स्कुलबाट एसएलसी सकेपछि दीपेन्द्रले ललितकला क्याम्पस काठमाडौंमा भर्ना हुनु भयो । विद्यालय स्तरमा चित्रकलामा हुने प्रतियोगितामा निकै पुरसकार जित्नु भएका राईको यात्रा कलाकारितातिरै मोडियो । २०५५ सालमा चित्रकलामा ब्याचलर अफ फाइन आटर््स (बिएफए) कोर्ष पूरा गर्नु भयो । त्यसपछि तीन वर्षसम्म गुरु विपिन घिमिरेको रेनासा इन्स्टिच्युट अफ फाइन आर्टमा काम गर्दै अनुभव बटुल्नु भयो । यही अनुभव र प्रमाण–पत्र बोकेर उहाँ हङ्कङ प्रवेश गर्नु भयो । जहाँ उहाँको कलायात्राले नयाँ मोड लियो । स्कुले जीवनमा जिस्किँदै चित्र बनाउने गरेका राई यतिबेला चित्रकलामा पारङ्गत बर्नु भएको छ । उहाँले डटपेनले कोरेका चित्र लोकप्रिय भएका छन् ।
हङ्कङ पुगेपछि सुरुमा दीपेन्द्रले इन्टरनेटसम्बन्धी एउटा कार्यालयमा सुरक्षा गार्डको काम गर्नु भयो । यही अवधिमा उहाँले हङ्कङको प्रसिद्ध ‘स्टार फेरी’ भन्ने स्थानमा चिनियाँ चित्रकारहरूले चित्र बनाएर बिक्री गरेको देख्नु भयो । आयतबार विदाको दिन उहाँको दिनाचायृ त्यतै वित्न थाल्यो । त्यहाँ चित्र बनाउन लाइसेन्स लिनुपर्ने रहेछ, उहाँले पनि ३ सय हङ्कङ डलर तिरेर परीक्षा दिई लाइसेन्स निकालेर एक वर्षसम्म प्रत्येक आइतबार आफ्ना डटपेनले कोरेका चित्र बेच्न थाल्नु भयो । फुर्सदको समयमा सदुपयोग गर्दैगर्दा उहाँले राम्रै आम्दानी पनि गर्न थाल्नु भयो । यहीँबाट उहाँको कलाकारिताले व्यावसायिक मोड लियो ।
सन् २०६८ देखि दीपेन्द्र हङ्कङको नेपाली समाजसँग जोडिएर काम गर्न थाल्नु भयो । तत्कालीन समयमा स्व. किसन राईको नेतृत्वमा निस्कने ‘एभरेस्ट साप्ताहिक’ मा उहाँको कलाकारिताबारे समाचार प्रकाशित भएपछि उहाँलाई थप ऊर्जा मिल्यो । हङ्कङका चलचित्र निर्देशक मिस्टर डेभिड चाउसँगको सान्निध्यले उहाँलाई कमिकमा चित्र बनाउने अवसर जुरायो । यही क्रममा उहाँले हङ्कङको बेथेल स्कुलका कक्षा ९ र १० का बालबालिकाहरूलाई चित्रकला सिकाउन पनि भ्याउनु भयो । उहाँको कलाकौशल देखेर विभिन्न सङ्घ–संस्थाले उहाँलाई बोलाउन थाले । सन् २०७३ देखि हालसम्म पनि उहाँ पोखराकी रीता गुरुङले नेतृत्व गरेको हङ्कङ नेपाली महासङ्घमा चित्रकलासम्बन्धी काम गरिरहनु भएको छ ।
दीपेन्द्र राई अहिले श्रीमती खिमा राई र बुबा शेरबहादुरसँग हङ्कङमा आफ्नो कला र परिवारलाई समय दिइरहनु भएको छ ।
डटपेनमै कुँदिएको ‘मोनालिसा’ र अफगान गर्ल
दीपेन्द्र राईको कलाको सबैभन्दा ठूलो पहिचान हो डटपेन चित्रकारिता । उहाँ सामान्य डटपेनको माध्यमबाट यथार्थपरक र दुरुस्त चित्रहरू बनाउँनुहुन्छ । उहाँको ‘अफगान गर्ल’ को चित्र एक महिना लगाएर बनाउनु भयो । यो तस्विर मिडियामा निकै चर्चा पायो ।
अफगान गर्ल भन्ने उपनामले परिचित महिला शरबत गुला उनको नाम हो । सन् १९८४ मा नेसनल जोग्राफी पत्रिकामा ेउनका ेआवरण फोटो छापिएको थियो । यो तस्बिर प्रसिद्ध फोटोग्राफर स्टीव मक्करीले पाकिस्तानको एक शरणार्थी शिविरमा खिचेका थिए ।
हालस् उनी अफगानिस्तानमा बस्दै आएकी थिइन । तर अफगानिस्तानमा तालिवान सत्तारूढ भएपछि इटालीले शरण दिएको थियो । यो तस्बिर अफगानिस्तानमा द्वन्द्वको पीडादायी प्रतीक बनेको छ र विश्वभर युद्धग्रस्त बालबालिकाको प्रतिनिधित्व गर्ने शक्तिशाली छवि मानिन्छ । राईले यही तस्विरलाई एक महिना लगाएर बनाए । जो काठमाडौं पत्रिकाहरुमा छाहे ।
अर्को २०६२ मा उहाँले नेपाली कागजमा तीजमा नुहाइरहेकी युवतीको चित्र बनाएर ‘युवा प्रतिभा पुरस्कार’ जिते । यो तस्विर विदेशी नागरिकले लुकेर खिचेका थिए । तयही तस्विर हेरेर उहाँले सुन्दर चित्र कोर्नु भयो । यो उहाँको कलाप्रतिको समर्पणको एक महŒवपूर्ण कडी थियो । २०६३ मा उनले एक वर्ष लगाएर डटपेनबाट मोनालिसाको चित्र बनाए, जुन उहाँको जीवनकै उत्कृष्ट कलाकृति मानिन्छ । धेरैले किन्न चाहे पनि उहाँले त्यो चित्र बेच्नु भएको छैन् । घरमै सजाएर राख्नु भएको छ । घरमा आउने धेरैले त्यसको फोटोकपी लिएर जाने गरेका छन् । यि तीन चित्रले उहाँलाई उचाइमा पु¥याएको थियो । जो कलाले आजसम्म उहाँले पछाडी फर्कनु परेको छैन् ।
हाल उहाँले चित्रकलाको प्रशिक्षण पनि दिइरहनु भएको छ । तीन सयभन्दा बढी कलाकार उत्पादन गरिसक्नु भएको छ । देश सुब्बा र जनकऋषि राईलगायतका धेरै लेखकका पुस्तकहरूको कभर डिजाइनमा पनि उहाँको कलाको प्रयोग भएको छ ।
२०७२ मा लिङ्नान युनिभर्सिटीमा उहाँले २७ वटा डटपेनले बनाएका चित्रहरूको एकल प्रदर्शनी गर्ने मौका पाउनु भयो । यस प्रदर्शनीपछि उहाँका चित्रहरूको बिक्री ह्वात्तै बढ्यो । दीपेन्द्र राईले हङ्कङमा बसेर पनि नेपाली कलालाई जीवन्त राखिरहनु भएको छ । उहाँको डटपेनले कोरेका हरेक चित्रले नेपालको नामलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाइरहेका छन् । उहाँको यो कलायात्राले धेरै युवा कलाकारलाई प्रेरणा दिइरहेको छ, जसले गर्दा कलाको माध्यमबाट देशलाई चिनाउन सकिन्छ भन्ने कुरालाई उहाँले व्यवहारमा नै उतानु भएको छ ।