धरान /  वैदेशिक रोजगार बोर्डको सचिवालय र काठमाडौंको नवरत्न टेक्निकल इन्स्टिच्युटको सहकार्यमा धरानका ४० जना  महिलाहरुका लागि गार्मेन्ट मेसिन अपरेटर तालिम सञ्चालन भएको छ ।  

विहीबार धरान –१५ स्थित जेष्ठ नागरिकको सभा हलमा १५ नं. का वडाध्यक्ष नरेसकुमार इवारामले उद्घाटन गर्नु भएको छ । १७६ घण्टे तालिम २८ दिनसम्म हुने आयोजक संस्थाकी प्रतिनिधि यमकुमारी रानाले जानकारी दिनु भयो ।  

 महिलाहरुलाई आत्मनिर्भर हुन तालिमले सहयोग गर्ने वडाध्यक्ष इवारामले बताउनु भयो । उहाँले तालिम उद्घाटनको क्रममा १५ नं. वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न संस्थाहरुसँग सहकार्य गरेर सिपमुलक तालिम आयोजना हुदैं आएको बताउनु भयो ।

तालिम लिएकाहरुलाई वैदेशिक रोजगारमा जान र उद्यमशिल बन्न सहयोगी हुने आयोजकले जनाएको छ । विदेशमा जाने युवाहरुले सिप अभावमा दुःख नपाउन भनेर विभिन्न सिपमुलक तालिमहरु दिदैं आएको छ ।