धरान / धरानमा आयोजना भैरहेको नेपालआइस प्रादेशिक महोत्सवको अन्तिम दिन फागुन २१ गते सोमबार लागि अहिले का युवायुवतीहरु माझ निकै नै लोकप्रिय र्यापर समिर घिसिंग अर्थात् भी –टेनको बिशेष प्रस्तुति रहनेछ  ।

 मान्छे खत्तम ,चुरोट , लाउरेको फेसन , आइसके म,  सिमसिमे पानी , माफी गरिदेउ न आमा लगायतका थुप्रै हिपहप , र्याप तथा पप गीतहरु गाएर युवायुवतीहरुका प्रिय बनेका भिटेन अर्का र्यापर लाउरेको प्रतिद्वंदीको रुपमा आफुलाई उभ्याएका छन्  । धरानमा भीटेनको ठुलो फ्यान फोलोविंग रहेको गएको माघमा धरानमा आयोजना भएको  माघे संक्रान्ति नाइटको भिड बाट पनि पुस्टि हुन्छ   ।

महोत्सवको अन्तिम दिनलाई  अझ सफल बनाउन भिटेन संगै तितो सत्यकी चर्चित हाँस्य कलाकार तथा सफल चलचित्र  छक्का – पन्जाकि सफल निर्देशक दीपाश्री निरौलाको पनि बिशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै स्थानीय ब्याण्ड , गरिमा डान्स सेन्टरको बेजोड प्रस्तुति समेत रहनेछ । शनिबार चर्चित गायक राजेश पायल राईको कन्स्रर्ट संगै उर्लिएको दर्शकहरुको  भिड अन्तिम दिन अझ बढ्ने विश्वास गरिएको छ  । फाल्गुन ११ देखि आयोजना भएको महोत्सवको टिकट खरिद गर्नुहुने मध्ये १ जना भाग्यशाली दर्शकलाई बराह ज्वेलरीको तर्फ बाट यामाहा रे जेड स्कुटी  र अर्को एक जनालाई २१ इन्चको स्काईवर्थ टिभी प्रदान गरिनेछ  ।