• खेमराज सुवेदी

कतार /२५ फेब्रुअरी २०१८ का दिन कतारस्थित नेपाली आगन रेस्टुरेन्टमा प्रतिनिधी सभा सदस्य तथा अन्तरास्ट्रिय श्रमिक सङ्गठनका निर्वाचित प्रतिनिधि विन्दा पाण्डेलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष हरिराम खड्काको सभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथी पान्डे रहेकी थिईन ।
कार्यक्रममा विदेशिएका पिडित श्रमिकहरुको सहयोग गरिदिन सहभागीहरुले पाण्ढेलाई अनुरोध गरेका थिए । सरकारको नेपाली श्रमिकहरुको हक र हितका लागि दक्ष बनाउने सिपमुलक कार्यक्रम ल्याएर श्रमिकहरु पिडित हुन र नफस्ने वातावरणको सृजना गर्न ध्यानाकर्षण गराएका थिए ।
प्रमुख अतिथि विन्दा पाण्ढेले नुवाकोट सेवा समाज दोहा कतारले गर्दै आएको सामाजिक कामको खुलेर प्रसम्सा गरिन । आफुले सदैव श्रमिकका हक र हितमा आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरिन । आफू अन्तरास्ट्रिय श्रमिक सङ्गठनको प्रतिनिधि भएकोले आफुले विगत देखिनै पीडित या विदेशिएका श्रमिकको हितमा काम गर्दै आएको बताईन । हालै मात्र दोहा कतारको हकमा अन्तरास्ट्रिय श्रमिक सङ्गठनको अफिस खुलेको हुनाले यसले पिडितहरुको समस्यामा सहयोग पुर्याउने बताईन ।