धरान / हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा अन्तर क्लास स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

'धन भन्दा विद्या ठूलो' भन्ने शीर्षकमा आयोजना गरिएको सो प्रतियोगितामा २४ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा जुनियर कक्षा ५,६, र बाट १२ जना सहभागी भएका थिए । जुनियर तर्फ कक्षा ७ की जिविका याक्सा प्रथम भएकी थिइन भने कक्षा ७ कै युमिना राई दोस्रो वनेकी थिइन भने कक्षा ५ का आरम्भ झा तेस्रो भएका थिए ।

सिनियर कक्षातर्फ सहभागी भएका १२ जना मध्येबाट कक्षा ८ की समिक्षा राई प्रथम भएकी थिइन भने कक्षा १० की दिविका राई दोस्रो भएकी छिन् ।कक्षा ८ का सिदार्थ श्रेष्ठ तेस्रो भएका थिए । 

प्रतियोगिताको निर्णायकहरुमा प्राथमिक कक्षा इन्चार्ज गिता राई,विज्ञान इन्चार्ज सपना शाह,नेपाली शिक्षिका कोपिला लिम्वु, इसिए संयोजक नयनराज राई रहनु भएकाे थियाे । 

कार्यक्रमकाे संचालन शिक्षिका प्रज्वलिता श्रेष्ठले गर्नु भयाे । विद्यार्थीहरुमा भएको क्षमतालाई प्रस्फुटन गर्न र उनीहरुलाई पढाईका अतिरीक्त अन्य धिmयाकलापमा प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले वताउनु भयाे ।

विद्यार्थीहरुलाइ पढाईका साथ  अतिरिक्त अन्य क्रियाकलापमा प्रोत्साहन गर्नको लागि आगामी पुष दोस्रो साता जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरीन लागेको पनि निर्देशक राईले जानकारी दिनु भयाे ।