जेनेभा / सिरियाको गुटामा हालै सिरियाली सेनाको नेतृत्वमा भएको आक्रमणमा रासायनिक अर्थात मानवीय स्वास्थ्यमा समेत असर पार्ने खालका हतियार प्रयोग भएको आशंका संयुक्त राष्ट्रसंघले गरेको छ । 
 
 यसअघि पनि सिरियाको विद्रोही नियन्त्रित भूभागमा सरकारद्वारा रासायनिक हतियार प्रयोग गरेको पाइएको भन्ने विभिन्न क्षेत्रबाट गुनासो सुनिएपछि यसबारे अनुसन्धान अघि बढाएको संयुक्त राष्ट्रसंघले जनाएको थियो । 
 
 राष्ट्रसंघीय युद्ध अपराध अनुसन्धान अधिकारीले मङ्गलबार बताएअनुसार गुटामा भएको व्यापक नरसंहारमा पनि यस्ता खालका हतियारहरू प्रयोग गरिएको हुनसक्छ ।  सिरियामा मानव अधिकारको अवस्था खोजविनका लागि राष्ट्रसंघीय आयोगले भनेको छ, “हामीले विद्रोही नियन्त्रित क्षेत्रमा रासायनिक हतियारको प्रयोग भएको भन्ने धेरै विवरणहरू पाएका छौँ । यसबारे आयोगको ध्यानाकर्षण भएको र अनुसन्धान अघि बढाइएको छ ।” 
 
 क्लोरिन ग्यास प्रयोग भएको हतियार विद्रोही नियन्त्रित इदलिबको साराकेब तथा दौमाको पूर्वी गुटामा प्रयोग भएको विवरण आएपछि छानबिन शुरु गरेको राष्ट्रसंघको भनाई छ ।  “यस विषयमा हामीले छिट्टै नै सत्यतथ्य बाहिर ल्याउने छौँ” ती अधिकारीले भनेका छन् । सो नगरमा पछिल्लो हप्तामात्र भएको यस्तो हिंसात्मक हमलाका कारण सयौँ सर्वसाधारणको ज्यान गएको छ । एफपी
        
                    
        
        
        
        

![इटहरीमा छठ पर्वको रौनक [भिडियाेसहित] इटहरीमा छठ पर्वको रौनक [भिडियाेसहित]](https://bijaypurkhabar.com/uploads/2024/11/5928eac6-6b9e-448c-bed3-3de72a43abad-560x400.jpeg)
        
        
        
        
        














